शीतकालीन ओलिम्पिक्समा भाग लिन रुसलाई प्रतिबन्ध 

बीबीसी। मंसिर २० । दुर्इ महिनापछि दक्षिण काेरियमा हुने शीतकालीन ओलिम्पिक्समा भाग लिन रुसलाई आइओसीले प्रतिबन्ध लागाएकाे छ । आइओसीको एउटा प्रतिवेदनले प्रतिबन्धित औषधीको प्रयोग नियन्त्रण सम्बन्धी प्रणालीलाई रुसले अभूतपूर्व र व्यवस्थित ढङ्गले मिचिरहेको देखाएको थियो। रुसी ओलिम्पिक कमिटिले उक्त प्रतिबन्धविरुद्ध पुनरावेदन दिने बताएको छ।

पूर्व खेलकुदमन्त्री समेत रहेका रुसी उपप्रधानमन्त्री भिटाली मुट्कोलाई आजीवन प्रतिबन्ध लगाइएको छ। समाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै रुसी विदेशमन्त्रालयकी प्रवक्ताले विश्व युद्ध, सोभियत संघको विघटन र कैयौँ प्रतिबन्धबाट बाँचेर अघि बढेको रुसलाई अहिले पनि केही फरक नपर्ने बताएकी छन्।

संसदका उपसभामुखले उक्त प्रतिबन्धलाई अपमान र बेइज्जतीको संज्ञा दिएका छन्। उपसभामुख पिओ टोल्स्टोयले भनेका छन्, ‘उनीहरुको शर्त तिमीहरु पश्चाताप गर र हामी सोच्नसक्छौँ’सम्भवत अबको आठ वर्षपछि तिमीहरुलाई माफी दिन सक्छौँ भन्ने छ। हामी कुनै पनि हालतमा घुँडा टेक्ने छैनौँ।

रुसको सोचीमा सन् २०१४ मा भएको शीतकालीन ओलिम्पिक्सका क्रममा राज्यको संलग्नतामा ुडोपिङु भएको आरोपमाथि अनुसन्धान भएपछि यो निर्णय लिइएको बताइएको छ। आइओसीले भनेको छ, ‘यो निर्णयले नराम्रो प्रवृत्तिप्रति एउटा रेखा कोरिदिएको छ।’

यो निर्णयको रुसमा भर्त्सना गरिएको छ केही राजनीतिकर्मीले खेलबाट बाहिरिनुपर्ने बताएका छन्। तर केहीले भने स्वच्छ खेलाडीहरुले सहभागी हुन पाउने मौकाको स्वागत गरेका छन्।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "शीतकालीन ओलिम्पिक्समा भाग लिन रुसलाई प्रतिबन्ध "

Leave a comment

Your email address will not be published.


*