वरुणले म तपाईको सबैभन्दा ठुलो फ्यान भन्दा सलमानले दिए यस्तो हास्य जवाफ

बलीउडका दबंग सलमान खानको चर्चा हरेक समय हुने गरेको छ । उनी कहिले आफ्नो फिल्मलाई लिएर चर्चामा हुन्छन् त कहिले सामाजिक कार्यका लागि । यसपटक पनि उनी भारतीय मिडियामा चर्चामा रहेका छन् । तर कारण भने अलि फरक रहेकाे छ ।

एउटा कार्यक्रममा सलमान खान र वरुण धवन स्टेजमा रहेका बेला वरुणले सलमानलाई आफू उनको सबैभन्दा ठुलो फ्यान भएको बताए । यसमा सलमानले दिएको जवाफमा सबै हासेको हाँसै भएका थिए ।

सलमान खानले जवाफ दिदै भने, मलाई केबल दुई प्रकारका फ्यानहरु मात्र मन पर्छ । एउटा टेबल फ्यान र अर्काे सीलिंग फ्यान । यसका अलावा मलाई अरु कोही फ्यान पनि मन पर्दैन ।

यसका साथै सलमान खानले वरुण धवनका साथमा एउटा फोटो शेयर गरेका थिए । जसमा वरुण धवन सलमान खानको फोटो लिइरहेका थिए र सलमानले उनलाई आफ्नो फोटोग्राफर बताएका थिए ।

५ बर्षपछि पर्दामा एकसाथ सलमान खान र कटरीना कैफ स्टारर फिल्म टाइगर जिंन्दा हे २२ डिसेम्बरमा रिलिज हुदैछ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "वरुणले म तपाईको सबैभन्दा ठुलो फ्यान भन्दा सलमानले दिए यस्तो हास्य जवाफ"

Leave a comment

Your email address will not be published.


*