‘माइ लभ’ को जापानिज भाषाको गीत रिलिज

फिल्म ‘माइ लभ’ मा समावेश जापानिज भाषाको नयाँ गीत रिलिज भएको छ । गीतमा फिल्मका मुख्य कलाकार गणेश लामा, शित्तल श्रेष्ठ र यूइची हयाता फिचरिङ भएका छन् ।

जापानका कोरसहरुले बेजोड नृत्य रहेको भिडियोलाई जापानमा नारायण जिसीले खिचेका हुन् । उक्त गीतको भिडियोलाई प्रदिप श्रेष्ठले कोरियोग्राफी गरेका हुन् ।

शब्द निर्देशक डा.तोसिआकी इतोहले लेखेको गीतमा ताकाफुमी होसाईको संगीत छ भने रेई सातो, शिनोबु ओशिमा, मिसाओ युईदा र युका तुका टोकुईले स्वर दिएका छन् ।

नेपालमा २०७२ साल वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पको कथा चित्रण गरिएको फिल्म मंसिर २९ गतेदेखि देशभरका हलहरुमा प्रदर्शन हुँदैछ । फिल्मलाई प्रदिप श्रेष्ठले निर्देशन गरेका हुन् ।

फिल्म क्रियसन नेपालको ब्यानरमा गणेश लामाले निर्माण गरेको फिल्ममा गणेश लामा, नवकलाकार शितल श्रेष्ठ, जापानी अभिनेत्री रिवन मित्सुतानीको मूख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "‘माइ लभ’ को जापानिज भाषाको गीत रिलिज"

Leave a comment

Your email address will not be published.


*