बलिउडका मसहुर अभिनेता शशि कपुरको निधन

एजेन्सी । बलिउडका मशहुर अभिनेता शशि कपुरको निधन भएको छ । मुम्बइको कोकिलावेन अस्पतालमा ७९ बर्षको उमेरमा उनको सोमवार बेलुका ५ बजेर २० मिनेटमा निधन भएको हो ।  अभिनेता कपुर केही समययता बिरामी थिए ।

निर्माता, निर्देशकसमेत रहेका कपुरका दर्जनौं चलचित्र चर्चित छन् ।

दिवार, त्रिशुल, कलियुग, चौरंगी लेन, अभिनेत्री, जुनुन जस्ता फिल्मबाट सुपरस्टार बनेका कपुरले केही अंग्रेजी चलचित्रमा समेत अभिनय गरेका छन् । कपुरको निधन भएको सुनेपछि बलिउडका कलाकार तथा सुभचिन्तकको अस्पतालमा भिड लागेको भारतीय संचारमाध्यमले जनाएका छन ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "बलिउडका मसहुर अभिनेता शशि कपुरको निधन"

Leave a comment

Your email address will not be published.


*