हलमा सिनेमा संकटः पुरानै फिल्म पुनः प्रदर्शनमा तर छैनन दर्शक

प्रत्येक हप्ता आफ्नो फिल्म प्रदर्शनका लागि हानथाप गर्ने निर्माताहरु र कुन फिल्म प्रदर्शन गर्ने भन्ने अन्योलमा पर्ने गरेका हल सञ्चालकहरु केही हप्तादेखि भने पहिले नै प्रदर्शन भइसकेको फिल्म चलाउन बाध्य भएका छन् ।

मंसिरमा प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण कुनै पनि नयाँ फिल्म हलमा लागेका छैनन् । अहिले प्रायः सिंगल र मल्टिप्लेक्सहरुमा यसअघि प्रदर्शनमा आएका हिट फिल्महरु प्रदर्शन भइरहेको छ । प्रेमगीत २, फाटेको जुत्ता, छक्का पञ्जा २, दुई रुपैयाँ, लगायतका फिल्महरु पुनःरिलिज भएका छन् ।

यि फिल्मले यसअघि बक्स अफिसमा राम्रै व्यापार गरिसकेका थिए । फिल्मले पुनः प्रदर्शन हुने मौका पाएपनि हलमा दर्शकको भने उल्लेख्य उपस्थिति छैन ।

यस्तै, पुषको पहिलो हप्ता बलिउडस्टार सलमान खान र कैटरीना कैफ स्टारर फिल्म ‘टाइगर जिन्दा हे’ ले नेपाली हलमा सोलो रिलिजको मौका पाएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "हलमा सिनेमा संकटः पुरानै फिल्म पुनः प्रदर्शनमा तर छैनन दर्शक"

Leave a comment

Your email address will not be published.


*