चिहान खनेर बार्षिक ४० लाख आम्दानी, प्राप्त गरे ओस्कार अवार्ड

ब्रिटेनमा मरेको मानिसको लास गाड्नका लागि चिहान खन्ने काम गर्ने मार्टिन हाउस हालका दिनमा चर्चामा रहेका छन् । उनले चिहान खनेरै वर्षको २५ हजार पाउण्ड अर्थात् झण्डै ४० लाख रुपैयाँ आम्दानी गर्ने गरेका छन् । उनको उक्त कामका लागि डेथ ओस्कार पुरस्कारबाट सम्मानित गरिएको छ ।

मािर्टनलाई हालैमा ब्रिटेनको बेस्ट ग्रेवडिगर अर्थात् सर्वाेत्कृष्ट चिहान खन्नेवाला मानिस घोषित गरिएको छ । ब्रिटेनमा चिहानहरुको अनुगमन गर्ने एक संस्थाले उक्त पुरस्कार दिने निर्णय गरेको हो ।

 

बेलायतमा चिहानहरुको अनुगमन गर्ने एक निकायले मार्टिनलाई यस्तो उपाधि दिएको हो । उक्त संस्थाका अनुसार मार्टिनलाई उनको वातावरणमैत्री कार्यका लागि उक्त उपाधि प्रदान गरिएको छ ।

मार्टिन आफ्नो हातले नै ६ देखि ७ फिट गहिराइसम्मको चिहान मेसिनको सहायता बिना नै मेसिनले झैँ छिटो खन्ने गर्दछन् । जबकि गह्रौ मेसिनले खन्नाले आसपासका ठाउँमा धेरै नै नोक्सान हुने गर्दछ ।

खबरका अनुसार ब्रिटेनमा सामाजिक कार्य गर्ने मानिसहरुलाई यसप्रकारको उपाधिबाट सम्मानित गर्ने गरिन्छ । जसमा चिहान खन्ने कार्य पनि समावेश रहेको छ । हरेक बर्ष उत्कृष्ट काम गर्ने व्यक्तिलाई सम्मानित गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "चिहान खनेर बार्षिक ४० लाख आम्दानी, प्राप्त गरे ओस्कार अवार्ड"

Leave a comment

Your email address will not be published.


*