कपिल शर्मालाई ‘फिरंगी’ ले दियो धोका, करियर नै दाउमा पार्ने गरी फ्लप भयो फिल्म

भारतका चर्चित कमेडियन कपिल शर्माको उत्साहजनक रुपमा प्रतीक्षारत भनिएको फिल्म ‘फिरंगी’ शुक्रबारबाट रिलिज भयो तर बक्स अफिसमा भने राम्रो कमाई गर्न सकेन । निराशाजनक कमाईका कारण उनी मिडिया र आम मानिसहरुको नजरमा समेत पर्न नसकेको खबर भारतीय सञ्चार माध्यमहरुले सार्वजनिक गरेका छन् ।

फिल्मले तीन दिनमा जम्मा ६ करोड ५० लाख भारु मात्र कमाएको छ । ‘फिरंगी’ ले पहिलो दिनमा २.५० करोड भारु कमाएको छ भने दोस्रो र तेस्रो दिन पनि जम्मा २ करोडका दरले जम्मा ६.५० करोड कमाई गरेको छ ।

कपिलले सन् २०१५ मा फिल्म ‘किस किस को प्यार करु’ बाट फिल्मी बक्स अफिसमा डेब्यू गरेका थिए । यो फिल्मलाई भने दर्शकहरुले खुबै रुचाएका थिए । फिल्मले बक्स अफिसमा करिब ५० करोडको कमाई गरेको थियो । पहिलो दिन नै फिल्मले १० करोड बराबरको कमाई गरेको थियो ।

तर फिरंगीले भने तीन दिनमा पनि त्यो कमाई गर्न सकिरहेको छैन । राजीब ढींगराले निर्देशन गरेको फिल्ममा कपिल आफै निर्माता रहेका छन् ।

बक्स अफिसमा ‘फिरंगी’ को प्रतिस्पर्धा सनी लियोनीको फिल्म ‘तेरा इन्तजार’ सँग परेको थियो । तर यसको बाबजुद पनि उनको फिल्म फ्लप हुन पुग्यो । खबरका अनुसार फिल्म फ्लप भएको तनावका कारणले उनी कमेडियन भारती सिंहको विवाहमा नगएका हुन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "कपिल शर्मालाई ‘फिरंगी’ ले दियो धोका, करियर नै दाउमा पार्ने गरी फ्लप भयो फिल्म"

Leave a comment

Your email address will not be published.


*