टेलिचलचित्रपछि मोडलिङमा जम्दै प्रमिसा शाह ठकुरी

विभिन्न टेलिचलचित्रको पर्दामा देखिएकी प्रमिसा शाह ठकुरी पछिल्लो समय मोडलिङमा समेत स्थापित हुँदै गएकी छन् । सानैदेखि मोडलिङमा रूची राख्ने ठकुरी पछिल्लो समय केही म्यूजिक भिडियोमा देखा परेकी छन् । यसअघि उनी केही टेलिचलचित्रका पर्दामा देखिएकी थिइन् ।

२०४९ सालमा अर्घाखाँचीको हंशपुरमा जन्मिएकी ठकुरी संघर्ष, छेउकुना जस्ता टेलिचलचित्रमा काम गरेपछि यतिबेला म्यूजिक भिडियोमा देखिएकी हुन् । पछिल्लो समय उनी आशिष थापाको गित पर्खाइमा मोडलिङ गरेकी छन् । आशिष थापा र मिना बोहराको संगित रहेको गितमा ठकुरीले मोडल अशोक केसीसँग स्क्रिनमा देखिएकी हुन् ।

यसअघि उनी अर्को एक म्यूजिक भिडियो दुःख पीडा गितको बोलमा अभिनय गरेकी थिइन् । पछिल्लो समय अन्य म्यूजिक भिडियोमा अफर आएपनि आफ्नो कार्यव्यस्तताका कारण समय दिन नपाएको बताउने ठकुरीले अब मोडलिङलाई नै समय दिने बताइन् । उनी भन्छिन् ‘मैले टेलिचलचित्रपछि केही गितमा अभिनय गरेपछि अन्य गितबाट तथा केही चलभित्रबाट समेत अफर आएको छ, अहिलेसम्म आफ्नो कार्यव्यस्तताले समय दिन सकिन, अब म पूर्णरूपमा यस क्षेत्रलाई समय दिन्छु ’ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "टेलिचलचित्रपछि मोडलिङमा जम्दै प्रमिसा शाह ठकुरी"

Leave a comment