हालसम्म एउटा पनि सडक छैन याे गाउँमा, यसरी आवतजावत गर्छन् मानिसहरु

यदि कुनै ठाउँमा सडक वा बाटो छैन भने कसरी आवतजावत गर्ने होला? कल्पना गर्न पनि गाह्रो हुन्छ । तर नेदरल्याण्डको एउटा गाउँमा एउटा पनि सडक छैन ।

नेदरल्याण्डको गिएर्थुन नामक एउटा गाउँ पर्यटकीय स्थलका रुपमा परिचित रहेको छ । यसलाई दक्षिणको भेनिस वा नेदरल्याण्डको भेनिस पनि भनिन्छ । यो एकदमै राम्रो र सुन्दर गाउँ रहेको छ । यहाँ २ हजार ६ सय मानिसहरु बसोबास गर्दछन् । तर अचम्मको कुरा यो गाउँमा एउटा पनि सडक छैन ।

सडकको सट्टा यहाँ नहरको प्रयोग गर्ने गरिन्छ । गाउँ वरिपरि नहरले घेरिएकाले ढुंगाबाट आवतजावत गरिन्छ । त्यसैले पनि यो गाउँमा बाइक वा गाडी कुनै पनि प्रकारका सवारीका साधनहरु देख्न पाइदैन ।

तर यहाँको हरियाली, शान्ति र सुन्दरताले जो कोही मानिसलाई पनि यो ठाउँमा बस्नका लागि बाध्य नै पार्ने गर्दछ । यहाँका मानिसहरु जहाँ कहीँ पनि आवतजावत गर्नका लागि नहरको प्रयोग गर्ने गर्दछन् ।

नहरले घेरिएको यस गाउँमा कहीँ पनि जानका लागि डुगांको प्रयोग गर्नुपर्ने हुन्छ । टाढा टाढा रहेको खेतमा जानका लागि साना साना काठले बनेको पुल बनाइएको छ । जसबाट मानिसहरुले खेतमा जाने आउने काम गर्ने गर्दछन् । यहाँ हरेक बर्ष ठुलो मात्रामा पर्यटकहरु आउने गर्दछन् ।

गिएर्थुनको खोज अठारौँ शताब्दीमा भएको थियो । आइस स्केटिङ गर्न चाहने मानिसहरुका लागि जाडोमा जानु उपयुक्त रहेको छ । पर्यटकको संख्या बढेसँगै विभिन्न सुविधाहरुको पनि विकास गरिदै गएको पाइन्छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "हालसम्म एउटा पनि सडक छैन याे गाउँमा, यसरी आवतजावत गर्छन् मानिसहरु"

Leave a comment

Your email address will not be published.


*