१० लाख पारिश्रमिकको प्रश्नमा किन मौन साम्राज्ञी ?

हिटमाथि हिट फिल्म दिदै आएकी ड्रिम्स गर्ल साम्राज्ञी अहिले सबैभन्दा महंगो पारिश्रमिक लिने नायिका बनेको चर्चा चलिरहेको छ । फिल्म ‘कायरा’ मा १० लाख पारिश्रमिक लिएको बिषयमा साम्राज्ञी भने मौन भएकी छिन् ।

‘ए मेरो हजुर २’ को प्रिमियरका लागि अष्ट्रेलिया उड्ने क्रममा विमानस्थनलमा दर्जनौ सञ्चारकर्मी माझ घेरिएकी साम्राज्ञीले संचार माध्यममा आएका विभिन्न खबरहरूको जवाफ दिने कोसिस गरिन् ।

तर जब ‘कायरा’ फिल्ममा १० लाखको लिएकोे विषयमा सोध्दा उनले वास्तविकता खुलाउन चाहिनन् । उनले पत्रकारलाई उल्टै प्रश्न गरिन्, ‘तपाईलाई आर्यन दाईले के भन्नुभएको छ ?’ उनले अगाडि थपिन्, ‘मैल ‘कायरा’ फिल्म साइन गरेको चाहिं हो । तर मैले कति पारिश्रमिक लिएकी थिएँ त्यो भने खुलाउन चाहन्नँ ।’

यस्तै, उनले नायक प्रदीप खड्कासँग ‘भैरवी’ मा काम गर्नका लागि सम्झौता गरी नसकेको बताइन् । उनले भनिन्, ‘भैरवी’ को विषयमा कुरा भएको हो तर फिल्म साइन गरेको छैन ।
नोभेम्बर २५ मा अष्ट्रेलियामा ‘ए मेरो हजुर २’ फिल्मको शो हुँदैछ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "१० लाख पारिश्रमिकको प्रश्नमा किन मौन साम्राज्ञी ?"

Leave a comment

Your email address will not be published.


*