विगतका सवै उम्मेदवारले गरेका वाचा म पुरा गरेर देखाउछु : नेका उम्मेद्वार डा.आरजु

धनगढी । नेपाली कागे्रस कैलाली क्षेत्र नंम्बर ५ बाट प्रतिनिधिसभामा उमेद्धार दिएकी नेपाली कांग्रेसकी नेतृ डा. आरजु देउवा राणाले यस क्षेत्रको विकासका लागि विगतका सबै उम्मेद्वारहरुले गरेको वाचा आफूले पूरा गरेर छाड्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । ”तपार्इहरु भोट दिनुस् म विकास गरेर देखाउछु” नेतृ डा. आरजुले बुधबार धनगढी उपमहानगरपालिकाका विभिन्न ठाँउमा भएका चुनावी सभालाई सम्बोधन गर्दै भनिन्।

उनले ७ नम्बर प्रदेशका महिला आत्मनिर्भर र सम्पन्न भएको हेर्ने चाहना भएको बताएकी  छन् । ”राज्यका निकायमा तह तप्कामा सबै भन्दापछि परेका ७ नम्बर प्रदेशका महिला सबै भन्दा अघि पुगेको हेर्ने मन छ” ,उनले भनिन “समाज विकासका लागि पनि महिला सम्पन्न बन्न आवश्यक छ ।” उनले महिलालार्इ आर्थीक रुपमा सवल र आत्मनिर्भर बनाउने आफ्नो चुनावी एजेण्डा नै बनाएका छन् ।

प्रदेश ७ मा महिलाको अवस्था अझै दयनिय रहेको भन्दै देउवाले आफुले जिते यस क्षेत्रका महिलाको जिवनस्तर उकास्न पुरै समय खर्चने बताएका छन् । ‘प्रदेश नम्बर ७ मा घरेलु हिंसा, विभेद र गरिबीका कारण महिला अझै चुलो चौकोमा सीमित छन्’ नेतृ देउवाले भने ‘समुन्नत समाज निमार्णका लागि महिला आत्मनिर्भर हुन आवश्यक छ’ ।

आफु महिला भएकोले पनि महिलाका समस्यामा पुर्ण रुपमा जानकार रहेको भन्दै नेतृ देउवाले महिलाको अधिकारका लागि आफु सडक र सदनमा लडिरहेको बताए। २ दशकदेखि महिला अधिकारका क्षेत्रका कार्यरत भएको बताउदै उनले भनिन् ‘महिलालाइ आत्मनिर्भर बनाउने काममा म पूर्ण रुपमा सफल हुनेमा विश्वस्त छु ।’

स्थानिय तहका निकायलाई र सरोकारवाला संघ संस्थालाइ पनि उनले महिला लक्षित कार्यक्रम ल्याउन आग्रह समेत गरिन् । ‘पुरुषको दाँजोमा महिलाको अवस्था निकै कमजोर छ ’ उनले भन्नुभयो स्थानिय निकायले पनि महिलाको आयआर्जन र जिवनस्थर उकास्ने कार्यक्रमहरुलाइ बढावा दिनु पर्छ, यसका लागि म पनि सक्दो पहल गर्नेछु ’ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "विगतका सवै उम्मेदवारले गरेका वाचा म पुरा गरेर देखाउछु : नेका उम्मेद्वार डा.आरजु"

Leave a comment

Your email address will not be published.


*