मेरो इमान्दारिता नै जनताले मलाई मतदान गर्ने आधार होः नेता रिजाल

चुनावी अभियान कसरी अघि बढेको छ ?
चुनावी अभियान निर्वाचन दर्ताको २/३ दिन पछि नगरस्तरमा कार्यालय उद्घाटन गरेर सुरु गरियो । आन्तरिक डोर टु डोर क्याम्पियनलाई बढी जोड दिएका छौँ । आन्तरिक रुपमा जनताहरुमा पुग्ने स्थिति बनाउँदै अगाडि बढिरहेका छौँ ।
तल्लो बजार क्षेत्रको इलाकामा बेलुकीपख र माथिल्लो ग्रामिण इलाकामा बिहानीपख क्याम्पियन गर्ने गरेका छौँ । दिउँसोको समयमा भेटघाट गर्ने मानिसहरुलाई मिलाएर खासगरी माओवादी मित्रहरुसँग सहकार्य, छलफल र भेटघाट बढाएका छौँ ।

यो क्षेत्रमा माओवादीको उम्मेदवार नभएका कारण पनि हामीलाई सहज र सजिलो भएको छ । आन्तरिक रुपमा क्याम्पियन गरिहेका छौँ । बाहिरी रुपमा घरदैलो लगायतका चुनावी गतिविधि भने भर्खरै सुरु गरेका छौँ । म पनि युद्ध लडेर राजनीतिमा आएको मान्छे भएको हुनाले माओवादी साथीहरुबाट सहयोग मिलेको छ ।

चुनावी अभियान कति बजे सुरु गर्नु हुन्छ ? के के हुन्छन दिनभरी र कती बजे सकिन्छ ?

अघिल्लो दिन नै कार्यक्रमको समय तालिका तयार पारेर वडा पार्टीलाई जानकारी गरेर बिहान ७ देखि ८ः३० सम्म घरदैलो कार्यक्रम गर्छाै । त्यसपछि खाना खाएर कार्यालय व्यवस्थापन र कार्यलयमा आएका मानिसहरुसँग भेटघाट गर्ने काममा लाग्छौं । बेलुका साढे ४ देखि ६ बजेसम्म घरदैलो कार्यक्रम गर्छाै ।

आन्तरिक भेटघाटलाई जोड गरेर बेलुका साढे १० बजेसम्म कार्यालयमै बस्छौँ । दैनिक सामान्य र बिशिष्ट भेटघाट १० वटा जति, घरदैलो बिहान र बेलुका गरी २ वटा र आन्तरिक काम र तयारी गरेर दिन बिताइरहेका छौं ।

काठमाडौँ क्षेत्र नं.७ मा तपाई उम्मेदवारी औचित्य प्रष्ट्याई दिनुस् न ?

नयाँ शक्ति पार्टीले उठाएको कुराहरु, जसलाई हामी पाँच तह भन्छौँ । त्यसमध्ये आर्थिक समृद्धिको मुख्य भिजन लिएर अगाडि बढेको छु । अन्य राजनीतिक दलहरुले आर्थिक समृद्धि भन्दा पनि आफ्नै स्वार्थ र काममा लागि परेको हुदाँ आर्थिक समृद्धिको मुख्य भिजनलाई आधार बनाएर मैले उम्मेद्वारी दिएको हो ।

त्यो सँगै समानुपातिक समावेशी लोकतन्त्रलाई स्थापित गर्न, व्याप्त भ्रष्टाचारको अन्त्य गर्दै सुशासन र सदाचार राज्य स्थापना गर्न र स्वाधिन सार्वभौमताको जगेर्ना गर्न यी दलहरुले जति गर्नुपर्ने हो गर्न सक्दैनन र सम्मुनत समाजवादमा जानका निमित्त नीति निर्माणका लागि अन्य दलहरुमध्ये भिजनका हिसाबले हामी यि चीज दिनसक्छौँ भन्ने हिसाबले मैले उम्मेदवारी दिएको हुँ ।

जनताले हुन्छ भैहाल्छ, तपाईलाई दिउला भन्ने हुन्छ, छन तर मैले त्यो रुपमा हेरेको छैन । आमजनताको भनाई के छ भने प्रतिस्पर्धीका हिसाबले क्षमताका हिसाबले रामवीर वा विक्रम भन्दा तपाई कम हैन । दुःख पाएर आउनु भएको आन्दोलन बुझेर आउनु भएको । भिजन पनि तपाईको राम्रो छ तर गठबन्धन ठुला ठुला छन्, ती गठबन्धनले गर्दा तपाईले हार्नु हुन्छ होला, तपाईलाई सहयोग गरेर जित्ने स्थिति होइन भन्ने खालका मान्छे छन् ।

हो मलाई थाहा छ । ठुला ठुला खम्बाहरु वा पार्टीहरुहरु मिलेर गएका छन् । तर यो एउटा पाटो भयो । नानीमैया दाहालले पनि ठुलो पार्टी वा संगठन भएका कारणले धेरै मत ल्याएकी थिइनन्, रञ्जु दर्शनाको पनि ठुलो पार्टी वा संगठन भएका कारणले २३ हजार मत आएको होइन । त्यसले गर्दा म के देख्छु भने जनताले मलाई जिताउन सक्नुहुन्छ ७ नम्बर निर्वाचन क्षेत्रका २ मेरा प्रतिस्पर्धी भनेका रामवीर नै हुनुहुन्छ । उहाँ हाल निवर्तमान सांसद हुनुहुन्छ । म उहाँसँग आफ्नो भिजन लडाउन सक्छु । त्यसैले म आशावादी छुँ ।

हारजीत सबैको हुन्छ । तर प्रतिस्पर्धा गर्ने मुुख्यतः आफ्नो भिजन र मुख्य एजेण्डालाई स्थापित गराउनका लागि पनि हो । हाम्रो पार्टीलाई राष्ट्रिय पार्टी बनाउन निमित्त, समानुपातिकमा जानका लागि पनि प्रत्यक्षमा केही शेष भएका मानिसहरु जान जरुरी थियो । यो समाजमा २० औँ बर्षदेखि डुलिरहेको घुमिरहेको हुदाँ म चिरपरिचित अनुहार भएकाले हाम्रो आर्थिक समृद्धिको भिजनलाई पुरा गर्नका लागि म योग्य नै उम्मेद्वार हो भनेर मान्छेको अगाडि जाँदा राम्रै हुन्छ भनेर उम्मेद्वारी दिएको हो ।

जनताका माझमा आफ्नो घोषणा पत्र बोकेर जाँदै गर्दा कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

जनताले हुन्छ भैहाल्छ, तपाईलाई दिउला भन्ने हुन्छ, छन तर मैले त्यो रुपमा हेरेको छैन । आमजनताको भनाई के छ भने प्रतिस्पर्धीका हिसाबले क्षमताका हिसाबले रामवीर वा विक्रम भन्दा तपाई कम हैन । दुःख पाएर आउनु भएको आन्दोलन बुझेर आउनु भएको । भिजन पनि तपाईको राम्रो छ तर गठबन्धन ठुला ठुला छन्, ती गठबन्धनले गर्दा तपाईले हार्नु हुन्छ होला, तपाईलाई सहयोग गरेर जित्ने स्थिति होइन भन्ने खालका मान्छे छन् ।

 

मेरो इमान्दारिताका लागि पनि जनताले मलाई भोट हाल्नु पर्छ जस्तो लाग्छ । यो राजनीतिक परिवर्तनका लागि मैले जीवन समर्पित गरेको छु । मेरो शरिरमा अझै बमका टुक्राहरु छन् । शान्तिपुर्ण राजनीतिमा आएपछि पनि कुनै लाभ लिएको छैन । जनताको सेवामा निरन्तर लागेको छु । अझै पनि लाग्ने छु । त्यसैले यहाँका जनताले मलाई विश्वासको मत दिनेछन् भन्ने कुरामा म आशावादी छु ।

 

तैपनि आफ्नोे एजेण्डा स्थापित गर्न हामी तपाईलाई सहयोग गर्छाै तपाईले उठाएको कुरा पनि ठीक छ, एकपटक धक्का दिन जरुरी छ भन्दै सचेत मानिसहरु हार्दिकताका साथ लागिपर्नु भएको छ र हाम्रा अभियानमा हिड्नु पनि भएको छ । हाम्रो राजनीतिक पार्टी वा संगठनमा नभएका मानिसहरु पनि आइरहनु भएको छ, त्यो भनेको हाम्रो आर्थिक भिजन राम्रो भएरै हो । यसरी हामी प्रतिस्पर्धामा गइरहेका छौँ ।

वाम गठबन्धनलाई छाडेर काठमाडौँ ७ का जनताले किन तपाँईलाई भोट हाल्ने ?
यो निर्वाचन क्षेत्रका लागि पार्टीको नीतिका अलवा केही नयाँ कुरा राखेको छु । जस्ले गर्दा यहाँका जनताले मलाई मत दिदाँ उहाँको मतको कदर/ सम्मान हुन्छ । मलाई यस कारण जनताले मत दिन जरुरी छ ।

क. काठमाडौँ सातलाई हरीयाली र आम नागरिकको रोजाई शहर बनाउने मेरो प्रतिबद्धा हो । शिक्षा,स्वास्थ्य, सडक, ढल, खानेपानी जस्ता जनताका आधारभुत आवश्यकताको सर्वसुलभता र व्यवस्थापन गर्दै सार्वजनिक यातायातको सहजा मिलाउँदै हरीयाली शहरको विकाशको अवधारणा मेरो पहिलो प्रतिबद्धता हो ।

ख. मेरो निर्वाचन क्षेत्रमा पर्यटन प्रर्वधनका लागि प्रशस्त सम्भावनाहरु छन । यो शहरलाई नै पर्यटकीय शहरको रुपमा बिकास गर्ने मेरो प्रतिबद्धता हो । मेरो निर्वाचन क्षेत्रलाई सम्पदै सम्पदा भएको शहर भन्न सकिन्छ । पर्यटन प्रर्बधन गर्न प्रशस्त आधारहरु छन ।

ग.उद्योग कलकारखाना र रोजगारीको बिकास मेरो दोस्रो प्रतिबद्धता हो । मेरो निर्वाचन क्षेत्रमा रहेका उद्योग कल कारखानाको संरक्षण गर्दै नयाँ औधोगिक क्षेत्र र रोजगारी बढाउन मेरो पहल र प्रयास हुनेछ ।

घ.मेरो इमान्दारिताका लागि पनि जनताले मलाई भोट हाल्नु पर्छ जस्तो लाग्छ । यो राजनीतिक परिवर्तनका लागि मैले जीवन समर्पित गरेको छु । मेरो शरिरमा अझै बमका टुक्राहरु छन् । शान्तिपुर्ण राजनीतिमा आएपछि पनि कुनै लाभ लिएको छैन । जनताको सेवामा निरन्तर लागेको छु । अझै पनि लाग्ने छु । त्यसैले यहाँका जनताले मलाई विश्वासको मत दिनेछन् भन्ने कुरामा म आशावादी छु ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "मेरो इमान्दारिता नै जनताले मलाई मतदान गर्ने आधार होः नेता रिजाल"

Leave a comment