अष्ट्रेलियामा देखियो सेतो रंगको दुर्लभ गोही

उत्तरी अष्ट्रेलियामा सेतो रंगको पूर्ण रुपमा विकसित गोही फेला परेको छ । यो दुर्लभ गोहीको दृश्यले त्यहाँको पर्यटन व्यवसायी निकै उत्साहित देखिएका छन् ।

डार्विन नजिक ऐडिलेड नदीमा फेला परेको उक्त गोहीको नाम पर्ल राखिएको छ । एक प्रत्यक्षदर्शी वन्य जीवन संरक्षकका अनुसार यसको लम्बाई करिब ३ मिटर अर्थात १० फिट रहेको छ ।

जीव वैज्ञानिकहरुका अनुसार यो गोही हाइपोमेलनिज्मका कारणले गर्दा पहेलों देखिएको हो । यो अवस्थामा छालाको रंगको निर्धारण गर्ने मेलनिनको मात्रा कम हुने गर्दछ ।

स्थानीयबासीहरुले अहिले फेला परेको सेतो रंगको गोहीको सम्वन्ध पनि त्यही चर्चित हाइपोमेलनिस्टिक गोहीसँग हुनसक्ने अनुमान गरेका छन् । जसलाई सन् २०१४ मा मारिएको थियो । उक्त गोहीले एकजना माझीलाई मारेको थियो ।

एक गैरसरकारी वन्य जीवन संरक्षण समूहकी अध्यक्ष ब्राडीले भनिन्, ‘सबैजना निकै उत्साहित छन् । म पूरै दिन भावविभोर भएर उसलाई हेरिरहें ।’

गोही सेतो किन हुन्छ ?
अष्ट्रेलियामा पाइने धेरैजसो गोहीको रंग खैरो वा हरियो हुने गर्दछ । यस रंगले उनीहरुलाई पहिचान गर्न मद्दत गर्ने गर्दछ ।

चाल्र्स डार्विन विश्वविद्यालयका रिसर्च एसोसिएट ऐडम व्रिटनका अनुसार पर्लको हाइपोमेलनिज्मको कारण कि त वंशाणुगत हो या अण्डामा गडबड भएर यस्तो भएको हो ।

अण्डामा गडबडी भयो भने तापमान बढी भएर कोशिकाको बिभाजनमा समेत गडबड हुने गर्दछ । यसरी हुने परिवर्तनमा रंग परिवर्तन वा छालाको ढाँचामा परिवर्तन हुने गर्दछ ।

व्रिटनका अनुसार फार्ममा साना गोहीमा यस्तो हुनु सामान्य कुरा हो तर पहेंलो गोहीका लागि परभक्षीसँग बच्न निकै मुस्किल हुन्छ ।

उनी भन्छन्, ‘हल्का रंगवाला वयस्क गोही देखिनु थोरै असामान्य हो, मैले कहिलेकाहीँ यस्तो गोही देखेको छु तर जंगलमा यति ठूलो आकारको यस्तो गोही भने कहिले पनि देखेको थिइन ।’

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "अष्ट्रेलियामा देखियो सेतो रंगको दुर्लभ गोही"

Leave a comment