१२ वर्षको बच्चाले चार करोडमा किन्यो कारको नम्बर प्लेट

के तपाईले कार भन्दा पनि महंगो नम्बर प्लेट देख्नु वा सुन्नु भएको छ ? पक्के पछि छैन होला । यूएईको अबुधाबीमा प्रहरीले गरेको एक लिलामीमा एउटा कारको नम्बर प्लेट ४ करोड रुपैयाँमा विक्री भएको छ ।

एक १२ वर्षे बच्चाले एउटा कारको विशेष नम्बर झण्डै ४ करोड रुपैयाँ अर्थात् ४ लाख डलरमा खरीद गरेका छन् ।

लिलामीमा राखिएको ११११ नम्बरको गाडीको नम्बर प्लेटका लागि ती बच्चाले १५ लाख दिरहाम दिएका हुन् ।
पुलिसले आफूलाई विभिन्न सामाजिक कार्यमा पैसा जुटाउनका लागि विशेष पंजीकरण नम्बरको यो लिलामी गरेको थियो ।

स्थानीय मिडियाका अनुसार खलीफा अल मजरुई नामक ती बच्चाले एक कुरान गायन प्रतियोगितामा ५ लाख दिरहामको पुरस्कार जितेका थिए । नम्बर प्लेट किन्नका लागि आवश्यक बाँकी रकम उसलाई आफ्नो बुवाबाट मिलेको थियो ।

यो नम्बर प्लेट मजरुईको मर्सिडिज कारमा लगाइनेछ । सोही कारमा चढेर उनी स्कुल जाने गरेका छन् ।
तर अब आउने केही बर्षसम्म भने उनले यति महंगो मूल्य तिरेर किनेको नम्बर प्लेट हालेको कार भने चलाउन पाउने छैनन । किनभने संयुक्त अरब इमिरेट्समा कार चलाउनका लागि न्यूनतम उमेर १८ बर्ष पुग्नुपर्ने हुन्छ ।

ती बच्चाले किनेको यो नम्बर प्लेट सबैभन्दा महंगोमा विक्री भएको भने चाहिँ होइन । नम्बर २ को प्लेट सबैभन्दा महंगो मूल्यमा बिकेको थियो । उक्त नम्बर प्लेट २७ लाख डलरमा एकजना व्यापारीले किनेका थिए । जुन नै सबैभन्दा महंगो नम्बर प्लेट बन्यो ।

गत बर्ष पुलिसले गरेको लिलामीमा नम्बर १ को प्लेट ३.१ करोड दिहराममा विक्री भएको थियो । यो बर्ष नम्बर प्लेटको लिलामीबाट पुलिसले डेढ करोड डलर बराबर जुटाएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "१२ वर्षको बच्चाले चार करोडमा किन्यो कारको नम्बर प्लेट"

Leave a comment

Your email address will not be published.


*