वाम एकता धर्तीको कुनै पनि ताकतले रोक्न सक्दैन : खनाल

इलाम, ६ मंसिर । पूर्वप्रधानमन्त्री एवं इलाम क्षेत्र नं १ का उम्मेदवार झलनाथ खनालले वाम शक्तिबीच एकता अब धर्तीको कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन ।

इलामको माइजोगमाई गाउँपालिका–६ प्याङमा मंगलबार भएको कार्यक्रममा उनले वाम गठबन्धनबाट अब पार्टी एकता हुन्छ “यसलाई धर्तीको कुनै पनि शक्तिले रोक्न सक्दैन्”  खनालले भने । पार्टी एकताको कुरामा विपक्षी पार्टीले नकारात्मक प्रचार गरेको आरोप नेता खनालले लगाए ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि संविधान पूर्ण कार्यान्वयन हुने उल्लख गर्दै  नेता खनालले निर्वाचनपछि यस क्षेत्रको परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै लैजाने विचार व्यक्त गरे ।

जनताले चाहेजस्तो विकास नभए पनि क्षेत्र नं १ मा धेरै विकास निर्माण भएका छन्, केही बाँकी छन् तिनलाई पनि निर्वाचनपछि पूर्णता चर्चा गर्दै नेता खनालले लोकतान्त्रिक विकास र समृद्धि कम्युनिष्टको एजेण्डा भएको र देशमा अव आउने परिवर्तनको नेतृत्व पनि वाम गठबन्धनले नै गर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहाेस्

1 Comment on "वाम एकता धर्तीको कुनै पनि ताकतले रोक्न सक्दैन : खनाल"

  1. नारायण न्यौपाने | November 22, 2017 at 3:21 pm | Reply

    अरु पार्टीलाई त्यति गालि नगरेको मा खुसि लाग्यो | ल जित्नुस त भन्दिन तर सुभकामना छ |

Leave a comment

Your email address will not be published.


*