‘ओखती’ गीतको कभर भिडियो बनाउनुहाेस्, डेढ लाखसम्म पुरस्कार जित्नुहाेस्

फिल्म ‘मिस्टर झोले’ ले आफ्नो फिल्मको प्रचार प्रसार सुरु गरेको छ । आफ्नो प्रचारलाई आक्रामक बनाउन फिल्म निर्माण पक्षले फिल्ममा समावेश ‘ओखती’ बोलको गीतको कभर प्रतियोगीता आयोजना गरेको छ ।

केही समय अगाडि युट्युबमा सार्वजनिक भएको गीतको डान्स र ड्रामा दुबै विधामा कभर प्रतियोगिता आयोजना गरिएको हो । यो फिल्मको गीतमा कभर नृत्य र ड्रामा दुबै बनाएर पठाउन सकिनेछ । पौष २३ गते विजेता घोषणा हुने प्रतिस्पर्धाका लागि इच्छुकले कभर भिडियो बनाएर पठाउन सकिने निर्माण पक्षले बताएको छ ।

यो प्रतिस्पर्धामा प्रथम हुनेले १ लाख ५५ हजार, दोश्रो हुनेले १ लाख २५ हजार, तेश्रो हुनेले १ लाख ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्ममा कथा तथा निर्देशन रामबाबु गुरुङको रहेको छ ।

पौष २८ गतेबाट प्रदर्शन हुने फिल्ममा दयाहाङ राई, बर्षा राउत, दीया पुन, पुस्कर गुरुङ, वुद्धि तामाङ, प्रविण खतिवडा, अरुणा कार्की, कमलमणि नेपाल लगायतका कलाकारको भुमिका रहेको छ । कालिप्रसाद बाँस्कोटा र सुजेन कार्कीको संगीत रहेको यो चलचित्रमा रवि न्यौपानेको छायांकन, निमेष श्रेष्ठको सम्पादन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "‘ओखती’ गीतको कभर भिडियो बनाउनुहाेस्, डेढ लाखसम्म पुरस्कार जित्नुहाेस्"

Leave a comment

Your email address will not be published.


*