मान्छे मर्दा एक अर्कालाई बधाई दिदै खुसी मनाइन्छ यहाँ

के तपाईले कोही आफन्त मर्दा खुसी मनाएको, रमाएको देख्नु भएको छ । बिल्कुलै छैन होला । मान्छे मर्दा खुसी हुने कुरै हुदैन । बरु त्यो घरपरिवार र उसका आफन्तहरुमा रुवबासी चलिरहेको हुन्छ । तर एउटा यस्तो ठाउँ पनि रहेको छ, जहाँ कोही मान्छे मर्दा दुखको सट्टा खुसीयाली मनाउने गरिन्छ ।

इन्डोनेसियाको एउटा समुदायमा मानिसहरु आफ्ना आफन्तको मृत्युमा जोडतोडले खुशी मनाउने गर्दछन् । इन्डोनेसियाको टोराजा समुदायका मानिसहरु आफन्तलाई यदि हदसम्म माया गर्छन् कि उनीहरुको मृत्यु पश्चात् पनि आफूबाट उनीहरुलाई अलग गर्दैनन । यस समुदायका मानिसहरु मरेका मानिसहरुसँग पनि जिउँदो मानिससँग जस्तै व्यवहार गर्ने गर्दछन् ।

त्यहाँ कोही मरेमा दुखेसो भन्दा पनि धुमधामका साथ खुसीयाली मनाउने गरिन्छ । किनकि यहाँ हरेक ३ बर्षपछि मरेका मानिसहरु फर्केर घर आउछन् भन्ने मान्यता रहेको छ ।

यहाँका मानिसहरु मरेका मानिसहरुसँग पनि जिउँदो मानिसलाई जस्तै व्यवहार गर्ने गर्दछन् । उसलाई जिउँदो मानिस मानेर खाना पनि खुवाउने गरिन्छ । उसलाई सिंगारपटार गरेर र सजाएर ऊसँग फोटो समेत खिच्ने गरिन्छ ।

इन्डोनेसियाको दक्षिण सुलावेसी क्षेत्रका टोरजा गाउँको प्रथा विचित्र खालको रहेको छ । यहाँ मानिसहरु कहिल्यै पनि मर्दैनन भन्ने मान्यता रहिआएको छ । त्यसैले यहाँका मानिसहरु जोकोही मर्दा पनि खुसीयाली र उत्सव मनाउने गर्दछन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "मान्छे मर्दा एक अर्कालाई बधाई दिदै खुसी मनाइन्छ यहाँ"

Leave a comment

Your email address will not be published.


*