काँग्रेससँग तालमेलको सम्भावना अझै बाँकी छः उपेन्द्र यादव

चुनावी अभियान कस्तो हुँदैछ ?
निर्वाचनको प्रचार प्रसार कार्य निकै उत्साहजनक ढंगबाट अगाडि बढेको छ । अहिले एकैछिन पनि फुर्सद हुँदैन । बिहान सबेरैदेखि कार्यकर्ता, शुुभचिन्तकहरुसंगको भेटघाट, छलफल सुरु हुन्छ । सौहार्दपूर्ण ढंगले निर्वाचन प्रचार प्रसारको कार्य अगाडि बढेको छ । जनताहरुबाट उत्साहपूर्ण सहयोग मिलको छ । बिहानदेखि साँझ अबेरसम्म निर्वाचनका गतिविधि भईराखेका छन् ।

सुनसरीबाट तपाई सप्तरीमा चुनाव लड्न आउनु भयो, मतदाताहरुबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

सप्तरी, सुनसरी लगायतका प्रदेश दुई भनेको मेरो आफ्नो गाउँ जस्तो ठाउँ हो । म जन्मे हुर्के, खेल, बढेको ठाउँ हो यी क्षेत्रहरु म यहाँबाट निर्वाचन लड्न आउँदा जनताहरु निकै उत्साहित भएका छन् । मलाई धेरै सहयोग गरेका छन् । उनीहरुलाई उपेन्द्र यादव बल्ल आफ्नो घर फर्कियो भन्ने भएको छ । म यहाँका जनताहरुबाट पाएको माया र सद्भावले निकै उत्साहित छु ।

दुई नम्बर प्रदेशमा राजपासँग हाम्रो तालमेल गर्ने सहमति भएको हो । सोही सहमति अनुसार सबै क्षेत्रमा निर्वाचनका गतिविधि अगाडि बढेका छन । तर मेरै विरुद्ध राजपाको तर्फबाट उम्मेदवारी परेको छ । म आफैं अचम्मित छु । यो कसरी भई राखेको छ ? किन भई राखेको छ ? म आफैले बुझेको छैन । यो कुरा रहस्यपूर्ण छ ।

नेपाली काँग्रेस र तपाँईहरुकोबीचमा तालमेल भएको नभएको के बुझ्ने ? अलि अपरिपक्क जस्तो देखियो नी चुनावी गतिबिधि ?

सुनसरी १ र ४ मा नेपाली काँग्रेससंग हाम्रो तालमेलमै चुनावी गतिबिधि अगाडी बढेका छन । मेरो निर्वाचन क्षेत्रमा पनि नेपाली काँग्रेसले सघाउँछु चै भनेको छ । काँग्रेसीहरुको व्यवहार मित्रवत् नै छ । तर घोषित रुपमा तालमेल जस्तो नदेखिएको चै पक्कै हो । वार्ता र छलफल चलिराख्या छ । समय अझै बाँकी छ । तालमेल र एक अर्कालाई सहयोगको कुरा छलफलको चरणमा छ । सकारात्मक सोचौँ राम्रै हुन्छ ।

प्रदेश नम्बर २ मा राजपासँग तपाईको पार्टीको तालमेल भएर पनि तपाई बिरुद्ध राजपाको उम्मेदवारी किन पर्यो ?

दुई नम्बर प्रदेशमा राजपासँग हाम्रो तालमेल गर्ने सहमति भएको हो । सोही सहमति अनुसार सबै क्षेत्रमा निर्वाचनका गतिविधि अगाडि बढेका छन । तर मेरै विरुद्ध राजपाको तर्फबाट उम्मेदवारी परेको छ । म आफैं अचम्मित छु । यो कसरी भई राखेको छ ? किन भई राखेको छ ? म आफैले बुझेको छैन । यो कुरा रहस्यपूर्ण छ ।

निर्वाचन प्रचार प्रसार गर्दै जनताको घर दैलोमा पुग्दा तपाँईहरुले मत माग्ने एजेण्डा के के हुन ?

जनतासंग मत माग्न घरमा पुग्दा भन्ने हाम्रो २ वटा मात्रै मुद्धा छन । पहिलो मुद्धा भनेको अधिकार प्राप्तिको आन्दोलन हो । विभेदमा परेका जनताको अधिकार स्थापित गर्ने हाम्रो पहिलो मुद्धा हो । दोस्रो भनेको विकास र समृद्धिको मुद्धा हो । अधिकार प्राप्तिको आन्दोलमा हामीले लामो समय बितायौँ । अझै यो निष्कर्षमा पुगेको छैन । अब विकासका कार्य अगाडि बढाउनै पर्ने अवस्था छ । धेरै गर्न बाँकी पनि छ । बजारको बिस्तार, कृषिको आधुनिकिकरण, औधोगिक क्षेत्रको बिकास र विस्तार, ग्रामिण यूवा स्वरोजगारका कार्यक्रम लगायत शिक्षा, स्वास्थ्य, खानेपानी अबको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "काँग्रेससँग तालमेलको सम्भावना अझै बाँकी छः उपेन्द्र यादव"

Leave a comment

Your email address will not be published.


*