पाटन औधोगिक क्षेत्रमा भिषण आगलागी

कात्तिक २८, काठमाडौँ । पाटन औद्योगिक क्षेत्रभित्र रहेकोे आनन्द प्लास्टिक उद्योगमा भिषण आगलागी भएको छ । बेलुकी साढे ६ बजेबाट आगलागी सुरु भए पनि आगलागीको कारण खुल्न सकेको छैन।

आगलागीबाट अहिलेसम्म कती क्षती भएको हो भन्ने एकिन अनुमान न आएपनी करिब १० करोड बराबरको क्षती भएको हुन सक्ने उद्योग संचालकले जानकारी दिएका छन् ।

आगलागीमा मानवीय क्षति नभएको वारुणयन्त्रका अधिकारीले बताए। ललितपुर दमकलले मात्र आगो निभाउन नसकेपछि काठमाडौंबाट थप दुई र भक्तपुरबाट एउटा दमकल आगलागी स्थलमा पुगेको छ । तीनैवटा दमकलबाट आगो निभाउने प्रयास जारी छ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "पाटन औधोगिक क्षेत्रमा भिषण आगलागी"

Leave a comment

Your email address will not be published.


*