नेपाली यु-१९ राष्ट्रिय क्रिकेट टाेलीले मलेसियालार्इ ८ विकेटले हरायाे

काठमाडाैं । नेपाली यु-१९ राष्ट्रिय टाेलीकाे उत्कृष्ठ प्रदर्शनसंगै नेपालले मलेसियालार्इ ८ वीकेटले पराजित गरेकाे छ । टस जितेर फिल्डिङ राेजेकाे नेपालले  मलेसियालार्इ १५.३ अाेभरमा ४५ रनमा अलअाउट गरेकाे थियाे ।

६ अाेभरकाे खेल चलिरहँदा मलेसियाकाे खातामा ३३ रन हुँदा  मेलिसयाकाे पहिलाे  विकेट झारेकाे नेपाललले १३ रन खर्चेर अल अाउट गरेकाे थियाे । उत्कृष्ट बलिङसंगै १३ रन खर्चेर ९ अाेभरमा नेपालले मलेसियाकाे १० विकेट लिएकाे थियाे । नेपालले जवाफी ब्याटिङमा नेपाल ५.३ अाेभरमा २ वीकेट गुमाएर लक्ष्य भेटेकाे थियाे ।

याे जितसंगै अाफ्नाे खातामा ४ अकं जाेडेकाे नेपालकाे सेमिफाइनल यात्रा भारत र बंगलादेशबिच भर्इ रहेकाे खेलकाे नतिजामा निर्भर हुनेछ । बंगलादेशले भारतलार्इ हराएकाे खण्डमा नेपाल स्वत सेमिफार्इनलमा प्रवेश गर्नेछ भने भारतले उक्त खेल जितेकाे खण्डमा नेटरनरेटकाे अाधारमा नेपालकाे सेमिफाइनल यात्रा तय हुनेछ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "नेपाली यु-१९ राष्ट्रिय क्रिकेट टाेलीले मलेसियालार्इ ८ विकेटले हरायाे"

Leave a comment

Your email address will not be published.


*