निर्माण व्यवसायी गाैचन हत्यामा संलग्न ५ जना सार्वजनिक (प्रहरीकाे घटना विवरणसहित)

काठमाडाैं । निर्माण व्यवसायी शरदकुमार गाैचन हत्यामा संलग्न ४ जना अभियुक्तलार्इ मंगलवार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकाे छ । पक्राउ पर्नेमा मुख्य सुटर नुवाकोटका राजीव लामा स्याङ्तान, पर्साका शिवजी महतो, भारत विहारका मुकेश पाण्डे, चितवनका सन्तोष गुरुङ र नागार्जुनका प्रकाश बुढोथोकी रहेका छन्।

लामाले गुन्डा समिरमानसिंह बस्नेतको निर्देशनमा व्यवसायी गौचनमाथि गोली हानेको प्रहरी अनुसन्धानमा देखिएको छ। गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी हत्या भएको थियो। मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गाडीमा रहेका गौचनमाथि गोली प्रहार गरेका थिए।

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको गोलीहानी हत्या गरी फरार रहेका व्यक्तिहरू पक्राउ

घटना विवरण:-

मिति २०७४।०६।२३ गते अं. १४:५० बजेको समयमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष जि.कास्की, पोखरा म.न.पा.वडा नं.७ घर भई का.जि.का.म.न.पा.वडा नं.३१ शान्तिनगर बस्ने वर्ष ६० को शरद कुमार गौचन ओमशान्ती चोकबाट नयाँवानेश्वर तर्फ जाने क्रममा का.जि.का.म.न.पा.वडा नं.३१ प्रयोग चोक गोली हानी हत्या गरेको ।

अनुसन्धानबाट खुल्न आएका कुराहरू-

एक महिना अगाडी देखि शरद कुमार गौचनलाई निग्रानीमा राखेको ।

बरामद गरिएको साईन मो.सा.भारतबाट चोरी गरी ल्याई नेपाली नं. प्लेट बा. ३५ प. २४६१ राखी प्रयोग गरेको ।

शिवजी महतोले भारतको वेतियाबाट ने.रू.१८ हजारमा साइन मो.सा. खरिद गरी ने.रू.२४ हजारमा श्याम गुम्बे गुरूङलाई विक्री गरेको ।

शिवजी महतोले भारतको वेतियाबाट ने.रू.५५ हजारमा हतियार खरिद गरी ने.रू.६५ हजारमा श्याम गुम्बे गुरूङलाई विक्री गरेको ।

पक्राउ अभियुक्तहरू :- 
१. नाम : राजिव स्याङ्ताङ
उमेर : २१ बर्ष
स्थायी वतन : जि.नुवाकोट, पंचकन्या गा.पा. – ५
घटनामा संलग्नता : सुटर

२. नाम : शिवजी महतो
उमेर : ३५ वर्ष
स्थायी वतन : जि.पर्सा, कालिकामाई गा.पा. – १
घटनामा संलग्नता : हतियार र मो.सा.व्यवस्थापन

३. नाम : मुकेश कुमार पाण्डे
उमेर : २४ वर्ष
स्थायी वतन : बेतिया जिल्ला, ग्राम पंचायत चौबेटोला–७ विहार भारत
घटनामा संलग्नता : हतियार व्यवस्थापन

४. नाम : सन्तोष गुरूङ
उमेर : १८ बर्ष
स्थायी वतन : जि.पर्सा, ठोरी गा.पा. – ५
घटनामा संलग्नता : मो.सा. व्यवस्थापन

५. नाम : प्रकाश बुढाथोकी
उमेर : २२ वर्ष
स्थायी वतन : का.जि.नागार्जुन न.पा. – ४
घटनामा संलग्नता : घटनामा सहयोगी

फरार अभियुक्तहरू :-

१. समिरमान सिंह बस्नेत
२. मनोज पुन
३. लोप्साङ
४. बोका भन्ने गंगा लिङ्देन (लिम्बु)
५. श्याम बहादुर गुम्बे
६. काले दाई भन्ने अम्बर बहादुर राना
७. रोशन बुढाथोकी
८. अजय थापा

 

 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "निर्माण व्यवसायी गाैचन हत्यामा संलग्न ५ जना सार्वजनिक (प्रहरीकाे घटना विवरणसहित)"

Leave a comment

Your email address will not be published.


*