‘लिलिबिली’ मा हिरोइन परिवर्तन, अब प्रदीप र प्रियंकाको जोडी

कुनै फिल्ममा कलाकार बाहिरिनु र भित्रिनु कुनै नौलो कुरा होइन । गएको महिना फिल्म ‘लिलिबिली’ को काठमाडौंको पाँचतारे होटलमा भब्य कार्यक्रमका बीच निर्माण घोषणा गरिएको थियो ।

फिल्ममा प्रदिपसँगै दुई नवनायिका रेविका गुरुङ र जसिता गुरुङ घोषणा गरिएको थियो । तर फिल्मको छायांकन सुरु हुनै लाग्दा फिल्मका कलाकार परिवरर्तन भएका छन् । फिल्ममा रेविका गुरुङको ठाउँमा नायिका प्रियंका कार्कीलाई अनुबन्धित गरिएको छ ।

‘प्रेमगीत’ र ‘प्रेमगीत २’ बाट एकाएक चर्चामा आएका नायक प्रदीप खड्का अहिले नयाँ फिल्म ‘लिलिबिली’ को काममा व्यस्त छन् । उनी फिल्लको सुटिङका लागि बेलायत पुगिसकेका छन् । त्यस्तै, नायिका जसिता गुरुङ पनि बेलायतमै छिन् । तर, नायिका रेविका गुरुङ भने अब यो फिल्ममा नहुने पक्का भएको छ ।
यूके दुतावासबाट पटक पटक रेविकाको भिषा आवेदन रद्द भएपछि फिल्ममा उनी नहुने भएकी हुन् । रेविकाको स्वास्थ्यस्थिति ठिक नभएकाले उनको ठाउँमा नायिका प्रियंका कार्कीलाई अनुवन्धित गरेको निर्माण टीमले बताएको छ । अब केही दिनमै फिल्मको छायांकन सुरु हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "‘लिलिबिली’ मा हिरोइन परिवर्तन, अब प्रदीप र प्रियंकाको जोडी"

Leave a comment

Your email address will not be published.


*