यो हो विश्वकै सबैभन्दा मोटो बच्चा, १० महिनाको उमेरमा ३० किलो तौल

एउटा १० महिनाको सामान्य बच्चाको तौल कति होला? ५ किलो, १० किलो । तर १० महिनाको एउटा बच्चाको तौल सुन्दा जोकोहीलाई पनि पत्यार नलाग्न सक्छ ।

मेक्सिकोका लुई क्यानुअल नामक एउटा बच्चा हालका दिनमा चर्चामा रहेको छ । १० महिनाको उक्त बच्चा विश्वकै सबैभन्दा मोटो बच्चा भएको बताइएको छ । १० महिनाका ती बालकको तौल १० बर्ष उमेरको बच्चाको तौल बराबर रहेको छ ।

द सन को रिपोर्टका अनुसार १० महिनाका लुई म्यानुअलको तौल ३० किलो रहेको छ । हालसम्म कुनै रेकर्ड नभएपनि यो नै सम्भवतः हालसम्मकै सबैभन्दा मोटो बच्चा भएको मानिएको छ ।

डाक्टरका अनुसार लुईलाई प्रेडर विली सिंडेम को बिमारी भएको बताइएको छ । उक्त जेनेटिक बिमारीबाट पीडित मानिसहरुलाई लगातार भोक लागिरहन्छ । त्यसैले उसले खानको लागि केही न केही मागिरहन्छ ।
उक्त बिमारीका कारण म्यानुअलका आमाबाबु र आफन्तजनहरु समेत चिन्तित भएका छन् । यो गरिब परिवारको बच्चाको उपचारका लागि विभिन्न क्षेत्रका मानिसहरुले सहयोगार्थ राहत संकलन गरिरहेका छन् ।

जन्मदाको समयमा म्यानुअलको तौल सामान्य स्वस्थ बच्चाको जस्तै साढे तीन किलो रहेको थियो । त्यसपछि मात्र उसको तौल तीव्र गतिमा बढ्दै गयो । एक महिनाको उमेरमा नै उसलाई दुई बर्षको बच्चा बराबरको लुगा लगाइदिनपर्थ्याे ।

लुईको उपचार खर्च धेरै नै रहेको छ । उसलाई अति नै महंगो हर्माेन इन्जेक्सन लगाउन पर्ने हुन्छ । त्यस्तो एउटा इजेन्सनको मूल्य लगभग ७० हजार रुपैयाँ बराबर रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "यो हो विश्वकै सबैभन्दा मोटो बच्चा, १० महिनाको उमेरमा ३० किलो तौल"

Leave a comment

Your email address will not be published.


*