‘गोलमाल अगेन’ ले पार गर्यो ३ सय करोड

रोहित शेट्टीको फिल्म ‘गोलमाल अगेन’ को कमाई भारु ३०० करोड पार भएको छ । फिल्मले भारतमा मात्र २०० करोड भन्दा बढी कमाई गरिसकेको छ । यो फिल्मले चौथो हप्ताको आइतबार १.६९ करोड कमाई गर्दै भारतीय बक्स अफिसमा २ सय करोडको आँकडा पार गरेको हो ।

फिल्म ‘गोलमाल अगेन’ अजय देवगनको ४८ बर्षको फिल्मी करियरमा सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेको छ । यसका अलावा रोहित शेट्टीको पनि २ सय करोडको आँकडा पार गर्ने यो दोस्रो फिल्म रहेको छ । यो भन्दा पहिले रोहितको फिल्म ‘चेन्नई एक्सप्रेस’ ले उक्त आँकडा पार गरेको थियो ।

यो सँगै अजय देवगन र रोहित शेट्टीको जोडी बलीउडमा हीट एक्टर डाइरेक्टर जोडीको रुपमा स्थापित भएको छ । उनीहरुले मिलेर बनाएको कम्तीमा ४ वटा फिल्मले सय करोड भन्दा बढी कमाई गरिसकेको छ ।

‘गोलमाल अगेन’ फिल्ममा अजय देवगन, तब्बू, परिणीति चोपडा, तुषार कपूर, अरशद वारसी र श्रेयस तलपडे जस्ता कलाकारको मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "‘गोलमाल अगेन’ ले पार गर्यो ३ सय करोड"

Leave a comment

Your email address will not be published.


*