३ खर्ब १६ अर्बमा नागढुङ्गा-कोटेश्वर-धुलिखेल मेट्रो रेल सञ्चालन सम्भव

कात्तिक २७, काठमाडौँ । नागढुङ्गा कोटेश्वर धुलिखेल मेट्रो रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन बनाउने जिम्मा लगानी बोर्डले पाएको छ ।

सोमबार प्रधानमन्त्री कार्यालयमा बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको हो । बैठकले लगानी बोर्डलाई विस्तृत सम्भाव्यता अध्ययन गर्दै निर्माण अघि बढाउन जिम्मा दिएको छ ।

लगानी बोर्डले रेलको बारेमा तयार पारेकाे रिपोर्ट अनुसार काठमाडौंमा ७९ किलोमिटर रेलमार्ग ३ खर्ब १६ अर्बमा निर्माण गर्न सम्भव देखिएकाे छ ।

बैठककाे स्वीकृतिसंगै अब बोर्डले रुट १ (नागढुङ्गा-कोटेश्वर-धुलिखेल)को सम्भाव्यता अध्ययनका साथै विस्तृत अध्ययन लगानी बोर्डले गर्नेछ । उक्त रेलमार्ग निर्माणका लागि सार्वजनिक निजी साझेदारी अन्र्तगत बुट मोडल अपनार्इने उल्लेख छ ।

दुर्इ भारतीय कम्पनीको म्याद थप

बोर्ड बैठकले अरुण तेस्रोको निर्माण गर्न जिम्मा पाएको सतलज र माथिल्लो कर्णालीको जिम्मा पाएको जीएमआरलाई लगानी जुटाउने म्याद थप गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतमा बसेको बैठकले अरुण तेस्रोमा थप ६ महिना समय दिएर लगानी जुटाउन सतलजलाई मौका दिएको छ भने जीएमआरलाई फाइनान्सियल क्लोजर गर्ने म्याद एक वर्ष थप गरिएको छ ।

 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "३ खर्ब १६ अर्बमा नागढुङ्गा-कोटेश्वर-धुलिखेल मेट्रो रेल सञ्चालन सम्भव"

Leave a comment

Your email address will not be published.


*