इराक-इरानको सीमामा शक्तिशाली भूकम्प जाँदा एक सय ३० काे मृत्यु

इरान र उत्तरी इराकको सीमा क्षेत्रमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। इराकको कुर्द शहर हालब्जा नजिकै केन्द्रविन्दु रहेको भूकम्पबाट पश्चिम इरानमा कम्तीमा क्षेत्रमा १ सय भन्दा बढीको मृत्यु भएको छ भने अन्य थुप्रै घाइते भएका छन्।

सरकारी सञ्चारमाध्यमलाई त्यहाँका अधिकारीहरुले बताए अनुसार इरानको पश्चिमी केरमनसा प्रान्तमा कम्तीमा १ सय २९ जनाको मृत्यु भएको छ। त्यस्तै इराकमा मृत्यु हुनेको संख्या चार पुगेको बताइएको छ। मृत्यु हुनेको संख्या बढ्नसक्ने जनाइएको छ।

भूकम्प गएसँगै मानिसहरु अत्तालिएर घरबाट बाहिर सडकमा निस्किरहेका छन्। इराकको राजधानी बग्दादस्थित ठूला स्पीकरहरु राखेर प्रार्थना भइरहेका छन्। इरानी समाचार संस्था आइआरआइएनएनले उद्धार टोलीलाई देशको पश्चिमी भागतिर तैनाथ गरिएको जनाएको छ।

इरानको रेड क्रिसेन्ट नामक संस्थाका प्रमुख मोर्टेजो सलिमले कम्तीमा पनि ८ वटा गाउँहरुमा क्षति भएको खबरहरु आएको बताएका छन्। अन्य गाउँहरुमा विजुली आपूर्ति बन्द भएको छ भने त्यहाँको सञ्चार सेवा पनि अवरुद्ध भएको छ।भूकम्पको धक्का टर्की र इजरेलमा पनि महसुस गरिएको थियो। बीबीसी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "इराक-इरानको सीमामा शक्तिशाली भूकम्प जाँदा एक सय ३० काे मृत्यु"

Leave a comment

Your email address will not be published.


*