नेपाली यु १९ राष्ट्रिय क्रिकेट टाेलीकाे एेतिहासिक जित, भारत १९ रनले पराजित

काठमाडौं । एसिसी यू–१९ एसिया कपमा नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको छ। मलेसियाको बायुमास ओभलमा भएको खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको हो। नेपालले भारतलाई कुनै पनि प्रतियोगितामा पराजित गरेको यो पहिलो पटक हो। नेपालले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको भारत ४८.१ ओभरमा १ सय ६६ रनमा अलआउट भयो।

यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल पराजित भएको थियो। नेपाललाई बंगालदेशले २ विकेटको झिनो अन्तरले हराएको थियो। एसिया कपअन्तर्गत भारतले पहिलो खेलमा मलेसियालाई हराएको थियो। नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "नेपाली यु १९ राष्ट्रिय क्रिकेट टाेलीकाे एेतिहासिक जित, भारत १९ रनले पराजित"

Leave a comment

Your email address will not be published.


*