‘भैरवी’ मा साम्राज्ञी र प्रदीपको जोडी

नेपाली फिल्म क्षेत्रका धेरै दर्शकले पर्दामा नायक प्रदीप खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडीलाई हेर्न चाहिरहेका छन् । वर्तमान युवाहरुको रोजाईमा रहेमा यि जोडी एकसाथ पर्दामा देखिने भएको छ ।

‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ बाट हिट नायिकाको रुपमा आफूलाई प्रमाणित गरेकी साम्राज्ञी र ‘प्रेमगीत’ र ‘प्रेमगीत २’ बाट स्टार बनेका प्रदीपको जोडी अन्ततः फिल्म ‘भैरवी’ मा बाँधिने कन्फर्म भएको छ ।

दिनेश राउतले निर्देशन गर्न लागेको फिल्मका लागि यि जोडीले करीब १ महिना अगाडि नै साइन गरिसकेका छन् । वैशाख दोस्रो सातादेखि फिल्मको छायांकन सुरु हुने बताइएको छ । प्रदीपले आफ्नो नयाँ प्रोजेक्ट ‘लिलिविली’ को छायांकन सकाएपछि यो फिल्मलाई समय दिनेछन् ।

नेपाल र बनारसमा छायांकन हुने यो लभस्टोरी र पिरियड ड्रामा फिल्म हो । अहिले फिल्मको स्क्रिप्ट लेखन कार्य धमाधम भैरहेको बताइएको छ । फिल्मलाई ठूलो क्यानभासमा खिचिनेछ । साम्राज्ञी र प्रदीपको यसअघि नै फिल्म ‘ए मेरो हजुर २’ मा जोडी बाँधिने चर्चा रहेको थियो ।
प्रदीप र साम्राज्ञीको ‘भैरवी’ लाई अर्काे वर्षको भ्यालेन्टाइन डेको अवसर पारेर रिलिज गर्ने तयारी गरिएको छ ।

 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "‘भैरवी’ मा साम्राज्ञी र प्रदीपको जोडी"

Leave a comment

Your email address will not be published.


*