अमेरिकी आरोपबाट पुटिन अपमानितः डोनोल्ड ट्रम्प

अमेरिकी राष्ट्पति डोनल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी चुनावमा रुसी हस्तक्षेपको आरोपले अपमानित महसुस गरेको बताएका छन् ।

भियतनाममा आयोजित एसिया प्रशान्त क्षेत्रस्तरीय शिखर सम्मेलनमा ट्रम्प र पुटिनको भेटघाट भएको थियो । उक्त संक्षिप्त भेटपछि ट्रम्पले त्यस्तो धारणा राखेका हुन् । पछि पुटिनले हस्तक्षेपका आरोपहरुलाई ‘हास्यास्पद’ भनी टिप्पणी गरे ।

अमेरिकी न्याय मन्त्रालयले ट्रम्पको टोलीमाथि लागेको हस्तक्षेपको आरोपीहरुमाथि छानबिन गरिरहेको छ । रुसले ट्रम्पको चुनावी अभियानमा उनका प्रतिद्धन्द्धी हिलारी क्लिन्टनलाई हराउनका लागि सहयोग गरेको आराप लगाइएको छ ।

छानबिनका क्रममा ट्रम्पका धेरै पूर्व प्रमुख सहयोगीहरुको नाम पहिले नै आइसकेको छ । ट्रम्पका पूर्व सल्लाहकार जर्ज पापाडोपलसले रुसी भेटघाटको समयलाई लिएर एफबीआईसँग झुट बोलेको कुरा पहिले नै स्वीकार गरिसकेका छन् ।

ट्रम्पले सम्मेलनको क्रममा रुसी समकक्षीसँग दुई वा तीन पटक संक्षिप्त कुराकानी भएको बताए ।
हनोइ जाने क्रममा आफू चढेको विमानमा संवाददाताहरुसँग कुरा गर्दै ट्रम्पले भने, ‘पुटिन आफूले हस्तक्षेप नगरेको बताए । मैले फेरि सोधेँ ।’

पुटिनलाई यि आरोपका माध्यमबाट उनलाई अपमानित गरेको भन्ने लागिरहेको छ । जुन हाम्रो देशका लागि पनि राम्रो नभएको ट्रम्पले बताएका छन् ।

पुटिनले यस्ता आरोप अमेरिकामा जारी घरेलु राजनीतिक संघर्षका कारण लगाइएको बताएका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "अमेरिकी आरोपबाट पुटिन अपमानितः डोनोल्ड ट्रम्प"

Leave a comment

Your email address will not be published.


*