फ्रान्सका राष्ट्रपति साउदी अरेबियामा

अचानक घोषणा गरिएको भ्रमण अन्तर्गत साउदी अरेबिया पुगेका फ्रान्सका राष्ट्रपति इम्यानुएल मक्रोनले साउदी नेताहरुसँगको भेटवार्तामा लेबनानको स्थिरताको महत्वबारे जोड दिने बताएका छन् ।

लेबनानका प्रधानमन्त्री साद ह्यारिरिले रियादबाटै आफ्नो पदबाट राजीनामा दिएपछि मक्रोन उक्त यात्रामा गएका हुन् । साउदीले दबाब दिएका कारण ह्यारिरिले राजीनामा दिएको भन्ने आशंका गरिएको छ ।

लेबनानसँग फ्रान्सको निकट सम्बन्ध रहेकाले मक्रोनले साउदी अगुवा गठबन्धनपछि साउदी नेताहरुसँग यमन संकटका बारेमा चर्चा गरिने बताएका छन् ।

रियादमा मिसाइल खसालिएपछि यमनमा नाकाबन्दी लगाइएको थियो । मिसाइल साउदी अरेबियाको राजधानी नजिकै विचलन गरिएको थियो । साउदी अरेबियाले इरानको समर्थकका रुपमा रहेको लेबनानको आतंकवादी समूह हिज्बुल्ला लाई उक्त आक्रमणका लागि दोषी मानेको छ ।

विश्लेषकहरुले साउदी अरेबिया र उसको मुख्य प्रतिद्वन्द्वी इरानबीचको बृहत द्वन्द्वमा लेबनान तानिएको टिप्पणी गरेका छन् । यदि यमनमा नाकाबन्दी बन्द गरिएन भने सहायता वितरण फेरी सुरु नगर्ने संयुक्त राष्ट्संघले चेतावनी दिएको छ । हाल यमन दशककै सबैभन्दा ठुलो अनिकालको सामना गरिरहेको छ ।

साउदी अरेबीयाले आफ्ना नागरिकहरुलाई तत्कालै लेबनान छाड्न भनेको छ । साउदी विदेशमन्त्रालयले कुनै पनि देशबाट लेबनानको यात्रा नगर्न पनि आफ्ना नागरिकलाई भनेको छ । साउदी विदेशमन्त्रालयको पछिल्लो आग्रहले लेबनानमा थप तनाव चर्काउने देखिन्छ । प्रधानमन्त्री साद ह्यारिरि र उनको अवस्थाबारे त्यहाँ चासोहरु बढिरहेका छन् ।

साउदी अरब प्रस्थान गर्नुभन्दा केही समय पहिले संयुक्त अरेबिया इमिरेट्समा बोल्दै मक्रोनले साउदीका राजकुमार मोहम्मद बिन सलमानसँग आमने सामने कुरा गर्ने बताएका छन् । उनले भने, लेबनानको स्थिरता र अखण्डतामा जोड दिन जरुरी रहेको छ ।

उनले थपे, मेरो इच्छा रहेको छ कि सबै लेबनानका राजनीतिक अधिकारीहरु लेबनानमा स्वतन्त्र रुपले रहदै आएका छन् । जसको मतलब उनीहरुमाथि कुनै पनि समय कसैले पनि धम्की दिन सक्छन् । उनीहरुले स्वतन्त्र रुपमै काम गर्न पाउनुपर्छ ।

उनले आफु ह्यारिरिसँग अनौपचारिक सम्पर्कमा रहेको बताएका छन् । उनले साउदी नेताहरुसँग लेबनानका बारेमा कुरा गर्ने र साउदी नेतृत्वलाई यमनमा भोकमरी नियन्त्रणका लागि सघाउन पनि आग्रह गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "फ्रान्सका राष्ट्रपति साउदी अरेबियामा"

Leave a comment

Your email address will not be published.


*