ऋतिककै कारणले यि निर्माताले छोडे फिल्म

ऋतिक रोशनको आउदो फिल्म गणित गुरु रसूपर ३० का सञ्चालक आनन्द कुमारमा आधारित रहेको छ । तर यो फिल्मका निर्माताले ऋतिकसँग काम नगर्ने बताउदै फिल्मबाटै हटेका छन् ।

फिल्म शानदारका निर्देशक विकास बहल फेरी एकपटक समस्यामा फसेका छन् । उनको आउदो बायोपिक फिल्मकी निर्माता प्रीति सिन्हाले फिल्मबाट पछाडि हट्ने ठानेकी छिन् । उनले फिल्ममा साथ नदिने निर्णय गरेकी छिन् ।

प्रीतिले उक्त फिल्ममा ऋतिकको सट्टा अक्षय कुमारलाई लिन चाहिरहेकी छिन् । तर फिल्मका अन्य निर्माण पक्षले फिल्ममा उक्त रोलका लागि ऋतिक नै सुट भएकाले ऋतिकलाई नै लिने निर्णय गरिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "ऋतिककै कारणले यि निर्माताले छोडे फिल्म"

Leave a comment

Your email address will not be published.


*