विश्वको सबैभन्दा ठुलो परिवार, जहाँ बस्छन् १८१ जना मानिसहरु

विश्वमा एउटा यस्तो परिवार पनि रहेको छ, जसका बारेमा सुन्दा तपाई अचम्ममा पर्नुहुनेछ । विश्वको सबैभन्दा ठुलो परिवारका रुपमा रहेको यस परिवारका मालिकको ३९ जना पत्नी र ९४ जना छोराछोरी रहेका छन् । उक्त परिवारमा १८१ जना सदस्यहरु एकसाथ बसोबास गर्दै आइरहेका छन् ।

यस्तो अनौठो परिवार अन्त कहीँ नभएर हाम्रो छिमेकी मुलुक भारतको मिजोरम राज्यमा रहेको छ । त्यहाँ ७२ बर्षीया जियोना चान नामक व्यक्तिले आफ्नो जीवनमा अहिलेसम्म ३९ वटा विवाह गरिसकेका छन् । जसबाट उनका ९४ जान बच्चाहरु रहेका छन् ।

अचम्मको कुरा उनी ७० बर्ष पार भइसक्दा पनि अझै फिट र तन्दुरुस्त नै देखिन्छन् । उनी आफूलाई गाउँको सबैभन्दा सुन्दर र स्मार्ट मान्ने गरेका छन् । गाउँका जो महिला उनलाई मन पर्छन्, या त उनी आफै चिठ्ठी पठाएर विवाहको प्रस्ताव राख्छन् या त आफ्नै कुनै पत्नी वा परिचित व्यक्तिका माध्यमबाट प्रस्ताव पठाउने गरेका छन् । यदि केटीले मानेमा उनीहरुको विवाह हुने गर्दछ ।

उनले पछिल्लो केही बर्षदेखि विवाह भने गरेका छैनन । यद्यपी उनको इच्छा भने अझै अमेरिकी पत्नी भित्र्याउने रहेको छ । उनका आधाभन्दा बढी पत्नीहरु ४० बर्ष वा त्यो भन्दा कम उमेरका रहेका छन् । उनले पहिलो विवाह करिब १७ बर्षको उमेरमा आफूभन्दा तीन बर्ष जेठी केटीसँग गरेका थिए । हाल उनको परिवारमा छोरा छोरी नाति नातिना र ज्वाईहरुले पुरै गाउँ नै ढाकेको छ ।

जियोना आफ्नो परिवारका सबैभन्दा खास व्यक्ति हुन् । उनीसँग ठुलो परिवार हुनका साथै अकूत सम्पत्ति पनि रहेको छ । उनी जुन गाउँमा रहदै आएका छन्, त्यसको धेरै ठुलो हिस्सा उनको व्यक्तिगत रहेको छ । त्यसैले उनी राजाको जस्तो जीवन बिताउदै आएका छन् ।

परिवारका सदस्यहरुलाई याद राख्नका लागि कम्प्युटटरमा डाटा सेभ गरेर राख्ने गरिएको छ । उनको एउटा छोराले कम्प्युरमा पुरै डाटा राख्ने गरेको छ । जसमा हरेक पत्नी र उनका बच्चाको विवरण भर्ने गरिएको छ । परिवारका हरेक सदस्यको नाम याद राख्नका लागि असम्भव भएकाले यसो गरिएको हो ।

आफ्ना बच्चाहरुलाई पढाउनका लागि उनले आफ्नै छुट्टै स्कुल खोलेका छन् । यस स्कुलको हेडमास्टर जियोनाका भाई र शिक्षकहरु पनि आफ्नै ठुला छोरा र पत्नीहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "विश्वको सबैभन्दा ठुलो परिवार, जहाँ बस्छन् १८१ जना मानिसहरु"

Leave a comment

Your email address will not be published.


*