ब्रिटेनकी विवादित मन्त्री पटेलद्वारा पदबाट राजीनामा

एजेन्सी । भारतीय मूलकी ब्रिटेनकी मन्त्री प्रीति पटेलले आफ्नो इजराइल यात्रामाथिको विवादका कारण राजीनामा दिएकी छिन् । अनाधिकृत रुपमा इजरेली नेताहरुलाई भेटेकाले विवादमा परेकी ब्रिटेनकी अन्तर्राष्ट्रिय विकास मन्त्री पटेलले आफ्नो पदबाट राजीनामा दिएकी हुन् ।

अफ्रिकाको आधिकारीक भ्रमणमा गएकी प्रीति पटेललाई विवादपछि ब्रिटेनकी प्रधानमन्त्री टेरीजा मे ले तत्कालै लण्डन बोलाएकी थिइन् । अफ्रिकाको भ्रमण छोट्याएर फर्कनासाथ पटेलले टेन डाउनिङ स्ट्रीट गएर प्रधानमन्त्री टेरीजा मे लाई आफ्नो राजीनामा बुझाएकी थिइन् ।

उनले इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहु सहित कयौ अधिकारीहरुसँग अनाधिकारीक रुपमा भेटेको खुलासा भएको थियो । तर उनले यसबारे ब्रिटिश विदेश मन्त्रालय वा प्रधानमन्त्री कार्यालयलाई जानकारी दिएकी थिइनन् । यस विषयमा जवाफ दिनका लागि उनलाई प्रधानमन्त्री कार्यालयबाट निर्देशन दिइएको थियो ।

आफ्नो व्यवहारबारे उनले क्षमा मागेकी थिइन् । तर इजरेली अधिकारीहरुसँग पटक पटक भेटेको खुलासा भएपछि उनले आफ्नो पदबाट राजीनामा दिएकी हुन् । पटेलले राजीनामा नदिएको भए मे ले उनलाई बर्खास्त गर्ने अडकलवाजी समेत गरिएको थियो ।

उनले आफ्नो राजीनामा पत्रमा लेखेकी थिइन्, मन्त्रीमण्डलमा काम गर्नु नै गर्वको कुरा रहेको छ, तर एक मन्त्रीबाट जुन उच्च तहको आशा गरिन्छ, मेरो कार्य त्यसअनुरुप हुन सकेन । मैले जे गरेको थिए, त्यो सही अभिप्रायबाट गरेको थिए, तर त्यो उच्च तह अनुसारको काम नभएको र आफूले त्यसमा झन् बढावा दिएको भन्दै माफी मागेकी थिइन ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "ब्रिटेनकी विवादित मन्त्री पटेलद्वारा पदबाट राजीनामा"

Leave a comment

Your email address will not be published.


*