३ हजार बर्षमा एकपटक फुल्छ यो फुल, यस्तो छ विशेषता

विश्वका केही ठाउँहरुमा यस्तो फुल पाइन्छ, जुन फुल ३ हजार बर्षमा एक पटक फुल्छ भन्ने मान्यता रहिआएको छ । यो विशेष फुल भएकाले निश्चित ठाउँ र समयमा मात्र फुल्ने गरेको भन्ने भनाई रहिआएको छ ।

उक्त फुलको संस्कृत नाम उडुमम्बारा रहेको छ । जसको अर्थ स्वर्गको फुल भन्ने रहेको हुन्छ । पछिल्लो केही बर्षमा विश्वका केही ठाउँमा यो फुल देखिएको भन्ने दाबी गरिएको थियो ।

सन् २००७ मा जब चीनका डा.डिंगले उक्त फुलका बारेमा खोज गरेका थिए । उनको बगैचामा ३८ फुलको एक गुच्छा देखिएको थियो ।

धर्तीमा पहिलोपटक यो फुल भगवान गौतम बुद्धको जन्मभन्दा पहिले देखिएको थियो भन्ने मान्यता रहेको छ । त्यसपछि सन् १९९७ मा दक्षिण कोरियाको एउटा मन्दिरमा भगवान बुद्धको मूर्तिमाथि उम्रिएको थियो । बौद्ध ग्रन्थमा उक्त फुलको विशेष महत्व दिने गरिएको छ ।

यो फुलको विशेषता भनेकोल जुन ठाउँमा यो फुल फुल्ने गरेको छ, उक्त ठाउँमा बास्ना फैलिने गरेको छ । यो फुललाई नांगो आँखाले देख्न सकिदैन । यसलाई देख्नका लागि म्याग्निफाइंग लेन्स वा माइक्रोस्कोपको आवश्यकता पर्ने गर्दछ ।

बौद्ध ग्रन्थका अनुसार यो फुल पवित्र स्थानमा मात्र फुल्ने गर्दछ । यसको बास्ना टाढा टाढा सम्म फैलिएर सुगन्ध फैलाउने गर्दछ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "३ हजार बर्षमा एकपटक फुल्छ यो फुल, यस्तो छ विशेषता"

Leave a comment

Your email address will not be published.


*