१० बर्षदेखि संकटमा रहेका बबी देओलको भाग्य खोलिदिए सलमानले

बलीउड नायक बबी देओलको फिल्म केही बर्षअघिदेखि बक्स अफिसमा संकटमा पर्दै आइरहेको छ । उनले लामो समयपछि फिल्म ‘पोस्टर ब्वाइज’ मा आफ्ना दाजु सनी देओलका साथमा काम गरेका थिए तर त्यसले पनि बक्स अफिसमा राम्रो स्थान बनाउन सकेन ।

यसरी उनको करियर नै संकटमा परेका बेलामा सलमानले उनको हात थामिदिएका छन् । सलमानले उनलाई ‘रेस ३’ का लागि अफर गरेकोमा बबीले साइन पनि गरिसकेका छन् । बबी ‘रेस ३’ मा अनुबन्धित भएको कुराको खुलासा फिल्मका प्रोड्युसर रमेश तौरानी गरेका छन् ।

तौरानीले भने, ‘मैले पहिले पनि बबीका साथमा सोल्जर र नकाब फिल्ममा काम गरिसकेको छुँ । उनीसँग मेरो अनुभन निकै राम्रो छ । उनी धेरै नै प्रोफेसनल रहेका छन् र उनी आफ्नो भुमिका इमान्दारीताका साथ निभाउछन् ।’ ‘रेस ३’ मा बबिलाई यसअघि कहिल्यै नगरेको भूमिका दिइएको तौरानीको भनाई छ ।

‘रेस’ र ‘रेस २’ को बजेट करिब २ सय करोड भारु बराबर रहेको थियो । त्यसैले पनि ‘रेस ३’ को बजेट ३ सय करोडको आसपास हुने अनुमान गरिएको छ । यति ठूलो बजेटको फिल्ममा काम गर्न पाउने बबीले सायदै सोचेका थिए ।

यो फिल्म पाउनु बबीका लागि लोटरी परे झैं मानिएको छ । लामो समयदेखि उनी ठूलो ब्यानरको फिल्मको पर्खाईमा थिए । फिल्म नपाएर उनी डिप्रेसनमा समेत पुगेका थिए । पछिल्लो १० वर्षदेखि उनले कुनै पनि हिट फिल्म दिन सकेका छैनन । उनलाई फिल्मका लागि सलमान स्वयंले नै अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "१० बर्षदेखि संकटमा रहेका बबी देओलको भाग्य खोलिदिए सलमानले"

Leave a comment

Your email address will not be published.


*