यस गाउँमा जुत्ता चप्पल लगाउन मनाही छ, लगाएमा भोग्नुपर्छ कठोर सजाय

आजकलका मानिसहरु कुनै पनि ड्ेसका साथमा म्याचिङ चप्पल तथा जुत्ता लगाउने गर्दछन् । यसका लागि उनीहरु हजारौँ रुपैयासम्म पनि खर्च गर्न तयार हुन्छन् । तर विश्वमा एउटा यस्तो गाउँ रहेको छ, जहाँका मानिसहरुले आजको आधुनिक वैज्ञानिक यूगमा पनि जुत्ता चप्पल लगाउन पाएका छैनन ।

यस्तो अचम्मको गाउँ अन्त कतै नभएर हाम्रो छिमेकी देश भारतमा रहेको छ । भारतको मुदुराईदेखि २० किलोमिटर दुरीमा रहेको कलिमायन नामक उक्त गाउँमा जुत्ता चप्पल लगाउन मनाही रहेको छ । यो गाउँमा हालसम्म कसैको पनि खुट्टामा जुत्ता वा चप्पल परेको छैन । चाहे त्यो बच्चा होस् वा बुढोपाको कसैले पनि जुत्ता लगाएका छैनन र लगाउन पनि नपाइने मान्यता रहेको छ ।

यो मान्यता परम्परादेखि नै चलिआएको छ । यदि कसैले गल्तीले वा झुक्किएर भएपनि जुत्ता वा चप्पल लगायो भने उसले कडा सजाय भोग्नुपर्ने प्रावधान रहेको छ ।

जुत्ता चप्पल नलागाउनुुको पछि त्यहाँका मानिसहरुको आफ्नै तर्क रहेको छ । यो गाउँका मानिसहरु सदियौँदेखि अपाच्छी नामक देवताको पूजा गर्दै आइरहेका छन् । गाउँ र गाउँका मानिसहरुको रक्षा र सुरक्षा तिनै देवताले गर्दै आइरहेका छन् भन्ने मान्यता उनीहरुमा रहिआएको छ । उनीहरुले तिनै आफ्ना देवताप्रति आस्था देखाउनका लागि गाउँको सीमाभित्र जुत्ता चप्पल लगाउनका लागि निषेध गरिएको भन्ने मान्यता रहेको छ ।

यस गाउँका मानिसहरुले पुस्तौँदेखि यो परम्परालाई निभाउदै आएका छन् । तर गाउँबाट बाहिर भने चप्पल लगाउनका लागि कुनै प्रतिबन्ध छैन । यदि गाउँका मानिसहरु कही कतै गाउँभन्दा बाहिर जान पर्यो भने हातमा चप्पल बोकेर गाउँको सीमा पुगी सीमा कटेपछि खुट्टामा चप्पल लगाएर हिड्छन् । त्यस्तै फेरी गाउँमा फर्किदा जुत्ता चप्पल हातमा बोकेर नै सीमा प्रवेश गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "यस गाउँमा जुत्ता चप्पल लगाउन मनाही छ, लगाएमा भोग्नुपर्छ कठोर सजाय"

Leave a comment

Your email address will not be published.


*