माटोरहित पट फ्लावरको कारोबार सुरु

काठमाडौं, २६ असोज । ललितपुरको जावलाखेल मैदानमा जारी पुष्प मेलामा माटोरहित पट फ्लावरको कारोबार सुरु गरिएको छ । बागमती फ्लोराले बजारमा ल्याएको पट फ्लावरको मुख्य विशेषता भनेको यसमा माटोको सट्टा नरिवलको जट्टा प्रयोग गरिएको छ ।

अबलोकनकर्ताको मुख्य आकर्षण बनेको बागमती फ्लोराको स्टलमा रोज, कार्नेशन, हाइबिसकस, भर्बेना, पिटुनिया, इम्पपेसन्स लगायतका फूलहरु पट फ्लावरमा उपलब्ध गराइएका छन् ।

माटोरहित यस्तो पट फ्लावर इन्डोर र सदाबहार प्लान्टको रुपमा प्रयोगमा आउने गरेको छ । नेदरल्याण्डबाट आयातित प्रबिधि भएको पट फ्लावर अफिस, बैंक, लिभिङ रुम, बाथरुम लगायत घरको जुनसुकै स्थानमा पनि राख्न मिल्ने ग्लोबल फ्लोरा प्रालिका प्रबन्ध निर्देशक संजिब कार्कीले बताए । हल्याण्डको पम भन्ने संस्थासँगको प्राबिधिक सहयोगमा आयात गरिएका बिरुवाहरु बजारमा ल्याएको कार्कीले बताए ।

उपहार दिने परिपाटीलाई मध्यनजर गर्दै बजारमा ल्याइएको यो पट फ्लावर साइज र बिरुवा हेरी ५ सय देखि ५ हजार रुपैयाँसम्म पर्ने बागमती फ्लोराले जनाएको छ । उपत्यकाका मुख्य फ्लावर सप र गिफ्ट पसलहरुमा उपलब्ध रहेको पट फ्लावर जावलाखेलमा जारी पुष्प मेलामा समेत राखिएको छ ।

हलुका र माटो रहित भएका कारण यसमा रोग लाग्ने संभाबना कम भएको भएकाले सबैको घर अफिसमा प्रयोग गर्न सकिने दाबी बागमती फ्लोराको छ । जारी पुष्प मेलामा मुख्य आकर्षण बनेको पट फ्लावरको स्टलमा सर्बसाधारण अबलोकनकर्ताको बाक्लो उपस्थिती रहेको छ ।

 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "माटोरहित पट फ्लावरको कारोबार सुरु"

Leave a comment

Your email address will not be published.


*