च्याम्पियनसिपमा नेपालका लागि उच्च रन बनाएका शरद हङकङ विरुद्ध नखेल्ने !

sarad

काठमाडौँ, नेपालका मुख्य व्याट्सम्यान शरद भेषवाकरले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्ध शुक्रबार र आइतबार हुने खेल नखेल्ने सम्भावना बढेर गएको छ ।

मध्यक्रमका भरपर्दा ब्याट्सम्यान शरद भेषवाकरले हङकङ विरुद्ध नखेल्ने सम्भावना बढेपछि नेपाली टिमलाई केही असहज हुने देखिएको छ ।

शरदले अस्वस्थताका कारण हङकङ विरुद्धको दुवै खेल गुमाउन लागेका छन् । स्रोतका अनुसार अहिले उनलाई अत्याधिक ज्वरो आएको छ । ज्वोरोले च्यापेपछि टिन क्वोङ रोड रिक्रिएसन मैदानमा बिहीबारको जारी अभ्यास सत्रमा समेत उनी अनुपस्थित रहे । उनी होटल रेगलमा नै आराम गरेर बसिरहेका छन् ।

उनले भोलि खेल्न सक्ने नसक्ने टुंगो लागेको छैन । यसबारे नेपाली टोलीले निर्णय गर्न बाँकी छ । यद्धपि उनको स्थान नरेश बुढायरले लिने सम्भावना छ । त्यसका लागि आजै उनी हङकङ जाँदैछन् ।

च्याम्पियनसिपमा शरद भेषावकरले १० खेलमा ३२१ रन बनाएका छन् र उनी भन्दा सर्वा्धिक रन बनाउने कप्तान पारस खड्काले ३५२ रन बनाएका छन् ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले भोलि हङकङविरुद्ध उसकै घरेलु मैदानमा खेल्दैछ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "च्याम्पियनसिपमा नेपालका लागि उच्च रन बनाएका शरद हङकङ विरुद्ध नखेल्ने !"

Leave a comment

Your email address will not be published.


*