उत्तरी मेक्सीकोको जेलमा कैदीहरूबीच झडप, १३ को मृत्यु ४८ जना घाइते

उत्तरी मेक्सीकोको न्यूवो लियाने प्रान्तको एक जेलमा कैदीहरुको दुई समुहका बीचमा भएको झडपमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य ४८ जना घाइते भएका छन् ।

कैदीहरुका बीचमा भएको विवादले झडपको रुप लिएको त्यहाँका सुरक्षा अधिकारी एल्डो फास्कीले बताए । शहरको बाहिरी क्षेत्रमा अवस्थित काडारेता जेलमा रातको समयमा झडप भएको उनले बताए । उनीहरुले सुरक्षकर्मीलाई समेत बन्धक बनाएका थिए ।

फास्कीले भने, ‘दुई समूहका बीचमा भएको उक्त झडप नियन्त्रणभन्दा बाहिर गएकाले धरै मानवीय क्षति हुन पुगेको हो ।’ घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताइएको छ ।

उक्त जेलमा भएको यो पहिलो झडपको घटना भने होइन । यसभन्दा पहिले पनि पटक पटक यस्ता आन्तरिक झडप भइसकेको छ । त्यसक्रममा थुप्रै मानिसहरुले ज्यान गुमाइसकेका छन् ।

मेक्सिकोको प्रहरीले अहिलेसम्म पनि घाइतेहरूको स्पष्ट पहिचान हुन नसकेको जनाएको छ । घटना भएको कारागारलाई नियन्त्रणमा लिनका लागि सयौँ प्रहरीलाई घटनास्थमा खटाइएको अन्तराष्ट्यि सञ्चार माध्यमले बताएका छन् । घटनाले बिलराल रुप लिदै गएकाले सुरक्षाबलको समेत प्रयोग गर्न लागिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "उत्तरी मेक्सीकोको जेलमा कैदीहरूबीच झडप, १३ को मृत्यु ४८ जना घाइते"

Leave a comment

Your email address will not be published.


*