हालसम्म पनि छुट्टै नक्शा नभएका ५ देश

यो दुनिया आश्चर्यजनक तथ्यहरुबाट भरिपूर्ण रहेको छ । यस्तै तथ्यमध्येको एउटा तथ्य रहेको छ, जुन सुन्दा मानिसहरुलाई पत्यार नलाग्न सक्छ । हामी सबैलाई थाहा छ कि विश्वमा जति पनि देश रहेका छन्, ती सबैको मानचित्र नक्सामा प्रस्तुत गरिएको छ । तर तपाईहरुलाई थाहा छ, विश्वमा यस्ता देशहरु रहेका छन् जसको अस्तित्व त रहेको छ तर हालसम्म कुनै नक्सा भने छैन ।

त्यस्ता देशहरुको संख्या ५ भन्दा पनि बढी रहेको छ । नक्सा नभएका ती देहरु यसप्रकार रहेका छन्ः

सोमालिल्याण्ड ः
सन् १९९० को दशकको सुरुवातमा सोमालियामा द्धन्द्ध आरम्भ भएको थियो । यसै शिलशिलामा सोमालियाको उत्तर पूर्वी क्षेत्रले स्वंयलाई सोमालियाबाट अलग र स्वतन्त्र घोषित गरेको थियो । त्यसपछि यो देशले त्यहाँको झण्डा र मुद्रा पनि अलग बनाएको छ तर छुट्टै नक्सा भने हालसम्म पनि छैन ।

ट्रान्सनिष्ट्रिया ः
सन् १९९० मा यो देश चिसिनाऊ नामक देशबाट अलग भएको थियो । यो देशको आफ्नै प्रशासन रहेको छ । आफ्नो छुट्टै राष्ट्यि मुद्रा, सैन्य क्षमता र झण्डा रहेको छ । तर यो देशको छुट्टै कुनै नक्शा भने छैन । विश्वमा यो देशका बारेमा कम मानिसहरु मात्र जानकार छन् ।

इराकी कुर्दिस्तान ः
यो देश एघारौँ शताब्दीदेखि नै एक स्वतन्त्र देशका रुपमा रहदै आएको छ । यो देश इराकमा अवस्थित रहेको छ । तत्कालिन तानाशाह सद्धाम हुसेनको समयमा देश प्रगतिको पथमा रहेको थियो । तर सन् १९८० मा त्यहाँ एक आक्रमणको शिकार भएर ५ हजार भन्दा बढी मानिसहरु मारिएका थिए । पछि थुप्रै आक्रमण भए पनि हाल भने उक्त देश सुरक्षित रहेको छ । यो देशको अस्तित्व रहेपनि हालसम्म पनि विश्वमानचित्रमा यो देशको नक्सा रहेको छैन ।

वेस्टर्न सहारा ः
यो एउटा अफ्रिकन देश हो । जसलाई रिपब्लिक वेस्टर्न सहाराको नामले चिनिन्छ । यो अफ्रिकन यूनियनको एउटा अंगका पनि रहेको छ । यद्यपी यो देश हालसम्म पनि स्वतन्त्र भने भएको छैन तर आफ्नो स्वतन्त्रका लागि संघर्ष भने गरिरहेको छ । यहाँको जनसंख्या ५ लाख रहेको छ ।

सेबोर्गाः
यो देशका बारेमा प्राय मानिसहरु जानकार छैनन । धेरै कम क्षेत्रफल रहेको सानो यो देश न्यूयोर्कको से्न्ट्ल पार्क बराबर रहेको छ । यो देशको आफ्नो छु्ट्टै झण्डा र मुद्रा त छ तर हालसम्म विश्व मानचित्रमा यो देशको नक्शा भने रहेको छैन ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "हालसम्म पनि छुट्टै नक्शा नभएका ५ देश"

Leave a comment

Your email address will not be published.


*