मेस्सीको ह्याट्रिकसँगै अर्जे्न्टिनाले हात पार्यो विश्वकप २०१८ को टिकट

messi

अर्जे्न्टिना तथा बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले ह्याट्रिक गरेपछि इक्वेडरलाई ३-१ ले पराजित गरेको अर्जे्न्टिनाले रुस विश्व कपमा स्थान पक्का गरेको छ । छनौट चरणको अन्तिम खेलमा जित हातपार्नुका साथै अन्य खेलका नतिजा समेत अनुकुल भएपछि अर्जे्न्टिनाले सोझै विश्वकपको टिकट काटेको हो ।

अर्जे्न्टिनाले जितसँगै २८ अंक बनायो भने पेरु र कोलम्बिया बराबरी खेलेपछि तेस्रो स्थान पक्का भएको हो ।

खेलको पहिलो गोल भने इक्वेडलरका रोमारियो इबाराले खेलको पहिलो मिनेट नै गरेका थिए । त्यसपछि आक्रमक रुपमा प्रस्तुत भएको अर्जे्न्टिनाले निरन्तर आक्रमण गरेको थियो । मेस्सीले १२ औं मिनेटमा अर्जे्न्टिनालाई बराबरीमा पुर्याएका थिए । मेस्सले पुनः २० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अर्जे्न्टिनालाई अग्रता दिलाएका थिए ।

मेस्सीले दोस्रो हाफको ६२ औं मिनेटमा राम्रो गोल गर्दै ह्याट्रिक पुरा गरेपछि अर्जे्न्टिनाको जित सुनिश्चित गरेका थिए ।

दक्षिण अमेरिकी समूहबाट ब्रजिल यसअघि नै छनोट भइसकेको थियो । बाँकी तीन स्थानका लागि पाँच टिम प्रतिस्पर्धामा थिए र, छनोट चरणको अन्तिम खेल निर्णायक थियो ।

लुइस स्वरेजको दुई गोलको मदतमा बोलिभियालाई ४–२ ले हराएको उरुग्वे दोस्रो स्थानमा रह्यो । पेरुसँग १–१ को बराबरी खेलेपछि कोलम्बियाले चौथो स्थानमा रहेर विश्वकपमा स्थान बनायो ।
पाँचौ भएको पेरुले प्ले अफ खेल्नेछ । तर, ब्राजिलसँग ३–० ले हारेपछि चिली बाहिरिएको छ । दुबैको समान २६ अंक भएपनि गोल अन्तरका आधार पेरु पाँचौं बन्यो ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "मेस्सीको ह्याट्रिकसँगै अर्जे्न्टिनाले हात पार्यो विश्वकप २०१८ को टिकट"

Leave a comment

Your email address will not be published.


*