‘फाटेको जुत्ता’ फिल्मको नयाँ अफर, फाटेको जुत्ता देखाएर नयाँ जुत्ता पाउनुहाेस्

फिल्म फाटेको जुत्तो फिल्मको निर्माण पक्षले आफ्नो फिल्म प्रचारप्रसारका लागि नयाँ तरिका अपनाएको छ । कात्तिक १७ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘फाटेको जुत्ता’ ले दर्शकहरुलाई फाटेको जुत्ता लगाएको फोटो पठाए नयाँ जुत्ता उपहार दिने योजना ल्याएको छ ।

फाटेको जुत्ताको फोटो फेसबुकमा अपलोड गरेर ट्याग गर्ने दर्शकलाई नयाँ जुत्ता उपहार दिने निर्माण पक्षले जानकारी दिएका छन् । यो योजनामा २ सय ५० जनालाई नयाँ जुत्ता प्रदान गर्ने बताइएको छ ।

फिल्मका निर्माता अर्जुन कुमारले भने, ‘फाटेको जुत्ताको फोटो आफ्नो फेसबुकमा अपलोड गरेर ट्याग गर्ने व्यक्ति मध्ये गोलाप्रथाबाट छानेर प्रत्येक हप्ता २ सय ५० जनालाई नयाँ जुत्ता घरमा नै पुर्याइदिने छौ । यो योजनामा लक्की ड्बाट छानिएका देशभरका दर्शकलाई घरमै नयाँ जुत्ता पठाइने बताइएको छ ।

निकेश खड्काले निर्देशन गरेको फिल्म ‘फाटेको जुत्ता’ मा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, रविन्द्र झा लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । फिल्मलाई अर्जुन कुमारले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "‘फाटेको जुत्ता’ फिल्मको नयाँ अफर, फाटेको जुत्ता देखाएर नयाँ जुत्ता पाउनुहाेस्"

Leave a comment

Your email address will not be published.


*