दुई तिहाइ वामपन्थी जनमत मिलाएर समाजवादी क्रान्ति गर्छाैँ : प्रचण्ड

काठमाडौँ, २५ असोज । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालमा वामपन्थी र कम्युनिष्टहरुको ध्रुबिकरण  शृंखला सुरु भएको र यसले समाजवादी क्रान्ति सम्पन्न गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन । नेकपा (माओवादी केन्द्र) र नेकपा (संयुक्त) बीच आज भएकाे पार्टी एकता कार्यक्रममा दाहालले उक्त धारणा राखेका हुन ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले थपे – “नेपालमा दुई तिहाइ वामपन्थी जनमत छ । त्यसलाई एकीकृत गर्न सके नेपालबाट एक्काइसाैँ शताब्दीको समाजवादी क्रान्तिको मोडल विकास गर्न सकिन्छ ।”

दाहालले एकता प्रक्रियालाई महान् बहसको संज्ञा दिदैँ यसले समाजवादको आधार तयार पार्ने विश्वास व्यक्त गरे । आफूले पटक/पटक पार्टी भत्काउने र निर्माण गर्ने गरेको सन्दर्भ कोट्याउँदै दाहालले अहिले फेरि माओवादी केन्द्रलाई भत्काएर नेकपा(एमाले)सहितको बृहत् कम्युनिष्ट पार्टी निर्माण गर्ने अभियानमा आफू लागेको बताए ।

संयुक्तका सबै नेता, कार्यकर्ताहरुको भूमिका र योग्यता अनुरुप माओवादीमा जिम्मेवारी दिइने दाहालले स्पष्ट पारे । कार्यक्रममा संयुक्तका अध्यक्ष साहले पार्टीको सोमबार र मंगलबार बसेको केन्द्रीय समितिको बैठकले सर्वसम्मतिले पार्टी एकताको निर्णय गरेको जानकारी दिए ।

कम्युनिष्ट पार्टीहरुबीच विभाजन होइन एकता आवश्यकता रहेको भन्दै शाहले यसले सामन्तवादको अन्त्य गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
संयुक्तमा बिष्णुबहादुर मानन्धर, चन्द्रदेव जोशीजस्ता पुराना कम्युनिष्ट नेता रहेका छन् । सो पार्टीको संसदमा तीन जना सांसद रहेका छन् । वर्तमान सरकारमा संयुक्तबाट प्रतिनिधित्व गर्दै मिथिला चौधरीले जनसंख्या तथा वातावरण मन्त्रालय सम्हालिरहेका छन ।
–––

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "दुई तिहाइ वामपन्थी जनमत मिलाएर समाजवादी क्रान्ति गर्छाैँ : प्रचण्ड"

Leave a comment

Your email address will not be published.


*