अवैद्य रुपमा चुनढुंगा उत्खनन् र बन फँडानी ब्यापक

रोल्पा । रोल्पाको बुढागाउँबाट अबैध तरीकाले दैनिक सयौं टिप्पर चुनढुगाको उत्खनन् र बनको फडानी भैरहेको छ। खानी बिभाग र बन बिभागको अनुमति बिना स्थानीय प्रशासन एवम् प्रहरीसित मिलोमतो गरि राप्ती माइनिग र पुन कन्स्ट्रक्सनले दर्जनौं स्काइभेटरले दिनहुँ सयौं टिपर चुनढुङा उत्खनन गरि दाङको घोराहीस्थित सिमेन्ट उद्योगमा बिक्री गरि रहेको छ। सो काम सिमेन्ट उद्योगको निर्देशनमा भएको बताइन्छ ।

चुनढुङा उत्खनन गर्न खानी विभागको अनुमति बन बिभागको स्वीकृत वातावरण विभागको अनुमति लिएर स्थानीय गाउँपालिकाबाट कर बुझाए पछि मात्र उत्खनन गर्न पाइन्छ । राप्ती माइनिग र पुन कन्स्ट्रक्सनले सम्बन्धित कुनै बिभाग र कार्यालयबाट अनुमती नलिई रोल्पा त्रिबेणी गाउँपालिका वडा न ३ बुढागाउको उपल्लो छाप कोपिला डाडोबाट स्काइभेटर लगाइ दैनिक सयौं टिपर चुनढुङा उत्खनन गरिरहेको छ।

यसका कारण एकतर्फ वातावरण क्षति भैरहेको छ भने अर्को तर्फ लाखौंको राजस्व पनि नोक्सान भएको स्थानीयहरु बताउँछन् । निजि जग्गा लालपुर्जा रहेको ले आफुहरुले उत्खनन गरेको पुन कन्स्ट्रक्सनका संचालक प्रेम पुनको भनाई छ । चुनढुङा उत्खननमा राजनैतिक संरक्षण रहेको ले स्थानीय हरु बिरोध गर्न सकेका छैनन्। रोल्पाको त्रिबेणी गाउँ बाट दाङ ६० किलोमीटर पर्छ । दिनहुँ सयौं टिपर अनाधिकृत अबैध उत्खनन र ओसारपसार हुँदा पनि प्रहरी र प्रशासनले कुनै चासो नदेखाउन्दा मिलोमतो रहेको स्पष्ट बुझिन्छ।

यता खानी बिभागले हिजो रोल्पा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई अबैध तथा चोरी खनिज उत्खनन कार्य तत्काल रोक्न निर्देशन सहित पत्र समेत पठाएको खानी विभागका बसन्त अधिकारी ले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "अवैद्य रुपमा चुनढुंगा उत्खनन् र बन फँडानी ब्यापक"

Leave a comment

Your email address will not be published.


*