सलमान खान विरुद्ध बिग बोसका प्रतियोगीकाे यस्तो उजुरी

असाेज २४, एजेन्सी । बिग बोस सिजन ११ मा सहभागि एक प्रतिस्पर्धीले सलमान खानले आफूलाई धम्की दिएकाले आफू असुरक्षित भएको भन्दै मुम्बई प्रहरीसमक्ष उजुरी दिएका छन् ।

एक सातामै शोबाट बाहिरीएका जुबेर खानले उजुरीमा सलमान खानले आफूलाई कुकर भन्दै अनेक तरहका गाली र धम्की दिएकाले आफू असुरक्षित भएको भन्दै मुम्बईको एंटोप हिल प्रहरी समक्ष एफआइआर दर्ता गराएका छन् ।

जुबेरले बिग बोसको शो मा धेरै पटकसम्म पनि अनेक तरहका गाली र असभ्य शब्द पनि बोलेका थिए । जसका कारण शोका सञ्चालक सलमान खानले जुबेरलाई नानाथरी सुनाएका थिए । सलमानले उनलाई घरबाट बाहिर जानका लागि समेत बाटो देखाएका थिए । खरबका अनुसार त्यसपछि जुबेरले निन्द्राको चक्की समेत खाएका थिए । जसले गर्दा उनलाई अस्पतालमा भर्ना समेत गर्न परेको थियो ।

जुबेर बिग बोसको घरबाट निस्कने बित्तिकै सलमान विरुद्ध एउटा गम्भीर आरोप पनि लगाएका छन् । उनले भने, ‘बिइङ ह्यूमनका नाममा सलमान के गर्छन् त्यो पनि सबै थाहा छ । उनको फिल्म जगतमा डनसँग कस्तो सम्बन्ध छ, उनीहरुसँग के गर्छन् र कुन हीरोइनका साथमा उनी कहाँ जान्छन् र के गर्छन् त्यो सबै थाहा छ ।’

साथै उनले उजुरीमा लेखाएका छन् कि, ‘सलमानले मलाई कुकर बनाउछु भनेका छन् । शोबाट बाहिर निस्किएपछि आफूलाई नछोड्ने भन्दै धम्की समेत दिएका छिन् । त्यसैले आफ्नो ज्यानको सुरक्षाको माग गर्दै जुबेरले प्रहरी समक्ष उजुरी दर्ता गराएका हुन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "सलमान खान विरुद्ध बिग बोसका प्रतियोगीकाे यस्तो उजुरी"

Leave a comment

Your email address will not be published.


*