यात्रुबस दुर्घटना हुँदा तीन जनाको मृत्यु

बाँके । नेपालगञ्ज दुर्घटना बाँकेको कुसुमस्थित लौकीखोला पुल नजिकै आज बिहान यात्रुबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ४ ख आठ दुई पाँच पाँच नम्बरको बस दुर्घटना हुँदा दुई पुरुष र एक महिलाको ज्यान गएको हो । मृतकमध्ये सशस्त्र प्रहरी गण विराटनगरमा कार्यरत सिपाही रवीन्द्र पाण्डेको मात्र पहिचान खुलेको छ । दुर्घटनामा घाइते भएका तेह्र जनाको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये एक जनाको अवस्था गम्भीर रहेकाे छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "यात्रुबस दुर्घटना हुँदा तीन जनाको मृत्यु"

Leave a comment

Your email address will not be published.


*