प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सार्ने चलखेल सुरू

काठमाडाैं । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सार्ने चलखेल सुरू भएकाे छ । मंगलबार एमाले स्थायी कमिटी बैठकले निर्वाचन मिति हेफेर नर्गन सरकारलार्इ चेतावनी दिएकाे केही घण्टामै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको मुखमा अप्रिय निर्णय नलिन सरकारलार्इ आग्रह गरेका छन् ।

यि दुर्इ घटनाक्रमले निर्वाचन मिति हेरफेर गर्न सरकार अान्तरिक चलखेलमा रहेकाे बुझ्न थालिएकाे छ । चमत्कारिक शैलीमा एमाले, माअाेवादी र नयाँ शक्तिबीच चुनावी तालमेल र पार्टी एकताकाे निर्णय भएपछी प्रधानमन्त्री अात्तिएर निर्वाचन सार्नेसम्मकाे चलखेलमा  रहेकाे बुझिएकाे छ ।

सरकारकाे चलखेल बुझेरै मंगलबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको स्थायी कमिटी बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मिति हेरफेर नगर्न सरकारलाई चेतावनी दिएकाे थियाे ।

नेपालकाे संविधान, कानुन र निर्वाचन आचारसंहिताकाे समेत प्रतिकुल हुनेगरि निर्वाचन सार्ने खेलमा नलाग्न एमालेले सरकारलार्इ भनेकाे थियाे ।सरकारले निर्वाचन सार्न थालकाे एमाले अाराेपलार्इ प्रमुख निर्वाचन अायुक्तकाे भनार्इले समेत बल पुर्याएकाे छ ।

मंगलबार धुलिखेलमा  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि सञ्चालित तालिमकाे उद्घाटनमा बाेल्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी मंसिरमा हुने निर्वाचनलाई अप्रिय हुने कुनै निर्णय नगर्न सरकारसँग आग्रह गरेका थिए ।

यादवले भनेका थिए “निर्वाचनको मिति जति नजिकिँदै आइरहेको छ, राजनीतिले हामीलाई त्यति नै अप्ठेरो महसुस गराइरहेको छ, के–कसो हुन्छ भन्ने अवस्था रहेको छ, निर्वाचनको मुखमा आएर अप्रिय किसिमको निर्णय भएमा आयोगलाई अप्ठेरो हुन्छ ।”

कानून, नियम र निर्देशिकालाई अन्तिम रुप दिइसकिएकाले कहीँ कतैबाट पनि निर्वाचनमा कुनै किसिमको व्यवधान नआओस् भन्ने  अायाेगकाे चाहना रहेकाे यादवकाे भनार्इ थियाे ।

वाम तालमेलकाे घाेषणा लगत्तै बनेकाे काँग्रेस नेतृत्वकाे लाेकतान्त्रिक गठबन्धनमा किचलाे बढेपछि काँग्रेस यही अवस्थामा निर्वाचनमा जान नचाएकाे राजनीतिक वृतमा चर्चा सुरू भएकाे छ ।  तर वाम गठबन्धन कुनै पनि हालतमा निर्वाचन ताेकिएकै मितिमा गर्नु पर्ने अडानमा छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सार्ने चलखेल सुरू"

Leave a comment

Your email address will not be published.


*