क्यालिफोर्नियाको जंगलमा भीषण आगलागी, १० जनाको मृत्यु

क्यालिफोर्नियाको वाइन इलाकाका रुपमा चिनिने क्षेत्रमा भीषण आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने दुईजना मानिसहरु गम्भीर घाइते भएका छन् । यो हालसम्मकै सबैभन्दा ठूलो आगलागी भएको बताइएको छ ।

क्यालिफोर्नियाका गभर्नर जेरी ब्रोनले नापा, सोनोमा र यूबा क्षेत्रमा आपतकालीन अवस्थाको घोषणा गरेका छन् ।

क्यालिफोर्नियाको उक्त क्षेत्र रक्सी तथा मदिराजन्य पदार्थ बनाउनका लागि प्रख्यात रहेको छ । हाल उक्त क्षेत्रमा राहत र उद्धारका कार्यहरु तीव्र गतिमा चलाइएको छ । यस क्षेत्रमा अझै कयौँ मानिसहरु हराइरहेका छन् । आगो लागेपछि नापा, सोनोमा र यूबा क्षेत्रका करिब २० हजार मानिसहरुलाई विस्थापन गरिएको छ । भने ११ हजार घरहरु जलेर नष्ट भएको बताइएको छ ।

यस्तो भयावह आगोका प्रत्यक्षदर्शी यूबा क्षेत्रका एक निवासीले भने, पुरै क्षेत्रमा आगोको रातो र तेज लप्का देखिइरहेको थियो । हावा ६५ किलोमिटर प्रतिघण्टाको गतिमा चलिरहेको थियो । जसले गर्दा आगो तीव्र गतिमा फैलिई पूरै क्षेत्रमा एक झप्कामै आगो लागेको थियो । म आफू पनि जसोतसो भागेर बचेँ ।

उक्त क्षेब अंगूर खेतीका लागि प्रसिद्ध रहेको छ । अंगूरको बगैचामा काम गर्ने दर्जनौ मानिसहरुलाई हेलिकप्टरबाट उद्दार गरिरहेको अन्तराष्ट्यि सञ्चार माध्यमले जनाएका छन् । तीव्र गतिको हावा र तातो तथा गर्मी मौसमका कारण आगो तीव्र गतिमा फैलिरहेको बताइएको छ । अमेरिकाको राष्ट्यि मौसम विभागले सन फ्रान्सिस्कोसम्म पनि आगो फैलिन सक्ने चेतावनी दिएका छन् ।

आगोका कारण त्यहाँको मौसम अझै तातो भएको छ । आगो पुरै गाउँभरी नै फैलिएकाले मानिसहरु घरघरबाट आफ्नो ज्यान बचाएर भागिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "क्यालिफोर्नियाको जंगलमा भीषण आगलागी, १० जनाको मृत्यु"

Leave a comment

Your email address will not be published.


*