२५ बर्षदेखि रुखको पात खाएर गुजारा चलाइरहेका छन् यि व्यक्ति

मानिसहरु जिउनका लागि जे पनि गर्न तयार हुन्छन् भन्ने कुरालाई यो एउटा घटनाले प्रमाणित गरेको छ । पाकिस्तानको पन्जाब प्रान्तमा रहदै आएका एक व्यक्ति अत्यन्त गरिबीका कारण पछिल्लो २५ बर्षदेखि रुखको पात र हाँगा खाएर गुजारा चलाइरहेका छन् ।

महमूद बट्ट नाम गरेका ती व्यक्तिसँग त्यो समयमा कुनै काम पनि थिएन र खाना जुटाउनका लागि पैसा पनि थिएन । त्यसैले आफू जीवित रहनका लागि उनले यस्तो उपाय अपनाउदै आएका हुन् ।

उनले भने, ‘मेरो लागि खाना जुटाउन पनि धेरै मुस्किल रहेको थियो । त्यसैले मैले सोचे कि, सडकमा भीख मागेर बस्नुभन्दा बरु म रुखका पात र हाँगा नै खाएर गुजारा गर्नेछु । आफूजस्तो यूवाले सडकमा मागेर बस्न पनि सुहाउदैन र तत्कालका लागि पनि काम नभएका कारण सास बचाउनका लागि मैले यस्तो उपाय लगाए ।’ केही बर्षपछि काम मिलिसकेपछि र आर्थिक स्थिति सुदृढ भइसकेपछि पनि उनको यो अनौठो बानी भने कायम नै रहेको छ ।

बट्टको छिमेकीका अनुसार अहिले उनी दैनिक ६ सय पाकिस्तानी रुपैया कमाउँशछन् । तर उनी हरेक ठाउँमा ताजा पात र रुखका हाँगाको खोजीमा नै रहेका हुन्छन् । उनी कुनै पनि समय सडक किनारामा आफ्नो गधा गाडी रोकेर रुखका पात र त्यसका ताजा हाँगा खान सुरु गरिहाल्छन् ।

उनले हालसम्म पनि यो बानीलाई निरन्तरता दिदै आइरहेका छन् । बट्ट आफ्नो यहीँ अनौठो बानी र त्यसका बाबजुद पनि कहिल्यै बिमार नभएका कारण आफ्नो इलाकामा लोकप्रिय रहेका छन् । उनी यसरी जुन पनि रुखको पात र हाँगा खादा पनि हालसम्म बिमार भएका छैनन । उनी भन्छन्, ‘बरु मलाई यसले फाइदा नै पुर्याइरहेको छ ।’

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "२५ बर्षदेखि रुखको पात खाएर गुजारा चलाइरहेका छन् यि व्यक्ति"

Leave a comment

Your email address will not be published.


*