चार अर्ब रूपैयाँमा लिलाल भयो एउटा कचाैरा

हामीले घरमा प्रयोग गर्ने साधारण कचौराको मूल्य कति पर्ला ? दुई सय, तीन सय वा हजार । तर एउटा सानो कचौरा ४ करोड रुपैयामा विक्री भएको छ । हङकङमा उक्त कचौरा धेरै पुरानो र खास भएकाले यति धेरै मूल्यमा विक्री भएको मानिएको छ ।

चिनियाँ माटोबाट बनेको उक्त कचौरा एक हजार बर्ष पुरानो हो । चीनको सांग राजवंशका पालाको यो कचौरा हङकङमा मंगलबार कीर्तिमानी मूल्यमा लिलाम भएको हो । खरिदकर्ताले यसका लागि करिब ३ अर्ब ८० करोड डलर (३८ मिलियन डलर) को बोली लगाएका हुन् र त्यो नै निणार्यक भएको थियो । खरिदकर्ताले आफ्नो परिचय प्रस्तुत गर्न चाहिरहेका छैनन ।

अक्सन हाउस सोथबेका अनुसार, उक्त दुर्लभ चिनीयाँ भाँडो (कचौरा) २० मिनेटको बोलीमा नै बिक्री भएको थियो । कतिपय माननिसहरुले फोनमै बोली लगाएका थिए भने कतिपय लिलाम कक्षमा उपस्थित भएर बोली लगाएका थिए ।

यो सानो कचौराको आकार १३ सेन्टिमिटरको रहेको छ र यो निलो–हरियो रंगको छ । यो कचौराको लागि सुरुवाती बोली नै १ करोड २ लाख डलरको लागेको थियो । यसबाट नै यो कचौराको महत्व बुझ्न सकिन्छ । सबैभन्दा बढी बोली लगाएर लिलामी जित्ने खरिदकर्ता लिलाम कक्षमा उपस्थित थिएनन । उनले फोनबाट नै बोली लगाएका थिए । लिलाम कक्ष सोथबेमा चिनीयाँ कलाकृतिका प्रमुख निकोलस काउले उक्त कचौरालाई असाधारण रुपबाट दुर्लभ घोषणा गरेका थिए ।

यो भन्दा पहिले सन् २०१४ मा चीनकै मिंग राजवंशका पालामा बनेको मदिराको प्याला ३ करोड ६० लाख डलरमा कीर्तिमानी मूल्यमा बिक्री भएको थियो । यसका खरीदकर्ता व्यापारी ली यिकियान रहेका थिए । चीनको सबैभन्दा विलासी मानिसहरुको सूचीमा गनिने ली कुनै समयमा साधारण ट्याक्सी चालक थिए ।

 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "चार अर्ब रूपैयाँमा लिलाल भयो एउटा कचाैरा"

Leave a comment

Your email address will not be published.


*